दमकमा दुई वटा ज्योति एकैसाथ लोकार्पण


२९ फाल्गुन २०७७,झापा
झापाको १५ स्थानीय तह मध्ये पहिलो पटक दमक नगरपालिकाले साहित्यिक पत्रिका प्रकाशन शुरु गरेको छ । नगरसभाबाट निर्णय गरेर २०७५ मंसिर १ गते स्थापना गरिएको दमक प्रज्ञा प्रतिष्ठानले दमक ज्योति र दमक बाल ज्योति नामका दुई वटा अर्धबार्षिक साहित्यिकि पत्रिका आज औपचारिक कार्याक्रमबीच लोकार्पण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, बाल साहित्य अध्येता प्रमोद प्रधान लगायतका साहित्यिक अगुवाहरुको हातबाट पत्रिकाको विमोचन गरिएको छ । कार्याक्रममा बोल्दै प्रमुख अतिथि रहनु भएका नगर प्रमुख ओलीले नगरले अझै अनुसन्धान र बाल मनोविज्ञान सम्बन्धी खोज र अध्ययनमा जोड दिनु पर्ने बताउनु भयो । उहाँले साहित्य, कला, भाषा र सँस्कृतिको विकासमा खर्च गर्न नगर सँधै तत्पर रहेको समेत बताउनु भयो ।


समसामयिक साहित्य र बाल साहित्य क्षेत्रमा नेपालमा स्थानीय सरकारले गरेको यो प्रशंसनीय कार्य भएको लिला अधिकारी र मिश्र वैजयन्तीले बताउनु भयो । कार्याक्रममा प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौला, साहित्यकार पूण्यप्रसाद खरेल लगायतले संघीय सरकारले भौतिक पूर्वाधारको विकाससँगै साहित्य, कला, भाषा र सँस्कृतिको समेत संरक्षण र विकास गर्नु पर्ने बताउनु भएको छ । कार्याक्रममा बाल साहित्यका अध्येता प्रधानले बाल साहित्यमा दमक प्रज्ञा प्रतिष्ठानले देशमै नमूना र उत्कृष्ट कार्य गरेकाे बताउनु भयाे ।


प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीको समभापतित्वमा भएको कार्यक्रममा बाल कलाकार रियाज रिजालले गीत र विहानी कला केन्द्र दमकका कलाकारले स्वागत गीत प्रस्तुत गरेका छन् । प्रतिष्ठानका सचीव विष्णु प्रसाद न्यौपानेले संचालन गर्नु भएको कार्याक्रममा दमक क्षेत्रका साहित्यिक संघ संगठनका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काेराना कहरकाे फाइदाःशिक्षण विधिमा नयाँ ह्याइव्रिड डिभाइसकाे प्रयाेग बढ्दै (भिडियाे रिर्पाेट सहित)
Next post प्रदेशमै पहिलाे वाटर पार्क संचालनमा