काेराना कहरकाे फाइदाःशिक्षण विधिमा नयाँ ह्याइव्रिड डिभाइसकाे प्रयाेग बढ्दै (भिडियाे रिर्पाेट सहित)

२८ फाल्गुन २०७७,डिकेश लामा

नेपाली विषयका महिला शिक्षक टिकामाया भट्टराईलाई इन्टरनेट र भरच्यूल कक्षा सम्बन्धी खासै ज्ञान थिएन । तर कोरोना कहरले शिक्षा क्षेत्रमा प्रभाव पारे पछि आफूले पनि सिक्दै विधार्थीलाई सिकाउन थाल्नु भएको छ । उहाँ जस्तै धेरै शिक्षकले अहिले आफूले सिकेर भए पनि प्रविधिको प्रयोग गरेर अध्यापन गराउन थालेका छन् ।

कोरोना कहरले गर्र्दा पछिल्लो समय धेरै शिक्षकले इन्टरनेटको प्रयोग र प्रविधिमैत्री कक्षा संचालनमा दक्षता हासिल गर्दै गएका छन् । योसँगै विधार्थीलाई अध्यापन गराउन सामुदायिक विधालयमा समेत उच्च आधुनिक प्रविधि इन्ट्राक्टिभ प्यानेल बोर्डको प्रयोगले विधार्थीलाई सहजतासँगै आकार्षण समेत गरेको विभिन्न विधालयका प्रधानाध्यापकले बताएका छन् ।

कोरोनाले चुनौतीमात्र थपेन । यसले अवसर पनि ल्यायो । शिक्षा क्षेत्रमा अध्यापन विधि र प्रविधिको प्रयोगलाई विगतमा भन्दा कोरोना कहरकाबीच उच्च प्रयोग बढेको प्रदेश नम्बर एकभरी शिक्षा क्षेत्रमा चाहिने प्राविधिक सामाग्रीको सप्लाई गर्दै आउनु भएका राज टे«डर्स दमकका प्रवन्धक राजकुमार ढकालले बताउनु भयो ।

लामो कारोना कहरले झण्डै ९ महिना पछि विस्तारै विधालयहरु संचालनमा आउन थालेका छन् । तर बन्द पछि खुलेका सामुदायिक विधालयमा समेत पछिल्लो समय भने प्रविधिको प्रयोग बढ्दै गएको प्राविधिक शिक्षकहरुको भनाइ छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमक ज्योति लोकार्पण गरिने
Next post दमकमा दुई वटा ज्योति एकैसाथ लोकार्पण