पर्यावरण जोगाउन मेची–महाकाली पैदल यात्रा

२६ चैत्र २०८०, झापा– पर्यावरण संरक्षणका लागि झापाका पाँच जना युवाहरुले ३ दिन अघि देखि शुरू गरेकाे मेची–महाकाली पैदल यात्रा आइतबार दमक आइपुगेका छन् ।

गएकाे चैत्र २३ गते काँकरभिट्टा स्थित मेची पुलबाट ‘पर्यावरण संरक्षणको निम्ति जागरण अभियान २०८०–२०८१’ नाराका साथ दमकका ४ र शिवसताक्षीका एक जना युवाले मेची–महाकाली पैदल यात्रा सुरु गरेका हुन् । दमक नगरपालिका–१० का सुवास सुवेदी, पदम भण्डारी, उमेश राई, दमक–५ का दिनेश भण्डारी र शिवसताक्षी नगरपालिका–३ का हरि न्यौपानेले ६० दिने मेची–महाकाली पैदल यात्रामा निस्किएका हुन्र ।

दैनिक ४ देखि ५ घण्टा पैदल हिडेर महाकालीसम्म पुग्दा ५० वटा शहरमा पर्यावरण जोगाउन स्थानीय समाजसेवी, पालिका, युवा र पर्यावरण सम्बन्धी काम गर्ने अभियन्तासँग अन्तरक्रिया गरिने जागरण अभियानका संयोजक सुवास सुवेदीले बताउनु भयाे । विश्वमा भएको जलबायु परिवर्तनले पृथ्वीमा बस्ने प्राणीमा पर्ने संकट प्रति विश्व र मानव समूदायको ध्यान खिच्न पद यात्रा थालिएको यात्राका संयोजक सुवेदीकाे भनाइ छ ।

प्रयावरणमा परेको असरले सवै भन्दा धेरै नेपाल जस्तो विकाशील मुलुकमा पर्ने समस्या प्रति वेलैमा चासो दिन ध्यानाकर्षण होस् भन्ने ध्येयले यात्रा तय गरिएको पद यात्रा टोलीले जनाएका छन् । जिल्ला प्रसाशन कार्यालय झापा र विभिन्न संघसंस्थाको सहयोगमा थालिएको यात्रामा स्थानीय यूवाहरुले छोटो दुरीमा समेत साथ दिने गरेका छन् ।

मेचीदेखि महाकालीसम्म पुग्दा प्रत्यक्ष करिव १३ हजार व्यक्तिहरुसँग अन्तरक्रिया गरिने र करिव १० लाख नागरिक पर्यावरण संरक्षणका लागि जोडाउँदै लैजाने लक्ष्य रहेको टाेलीकाे अनुमान रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काठमाण्डाैंमा बौद्ध भिक्षुमाथि प्रहरीकाे लाठी र लात्ती प्रहार (भिडियाे सहित)
Next post सशस्त्र प्रहरीको केन्द्रिय कार्यालयकाे गोदामघरमा आगलागी