सशस्त्र प्रहरीको केन्द्रिय कार्यालयकाे गोदामघरमा आगलागी

२६ चैत्र २०८०, काठमाडौ– सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदाम घरमा सोमबार दिउँसो आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाम रहेको बलम्बुस्थित घरमा आगो लागेको हो । आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरण समेत जलेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालका अनुसार आगलागी के कारणले भयो भन्नेबारे बुझ्ने काम भइरहेको जानकारी दिनु भएकाे छ । अर्यालका अनुसार स्टोरमा चाबी लगाएर बाहिरी सुरक्षामा सशस्त्र प्रहरी तैनाथ रहेका थिए । सशस्त्र प्रहरी बल नेपालको बलम्बुस्थित गोदाम घरमा भएको आगलागीबारे छानविन गर्न एआइजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ ।

ललितपुर लगायतका करिब १० भन्दा बढि बारूणयन्त्र, सशस्त्र प्रहरी,नेपालप्रहरि, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । केन्द्रीय भण्डार घरमा लागेको आगलागीमा बन्दोबस्तिका सामान,लताकपडा लगायत सामानहरू नस्ट भएका छन् ।

यसै बीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आगलागी भएको स्थान बलम्बु पुगी आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिनु भएको छ । गृहमन्त्री लामिछानेले आगालागी कारणबारे जाँजबुझ गर्न निर्देशन समेत दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पर्यावरण जोगाउन मेची–महाकाली पैदल यात्रा
Next post काँकडभिट्टा लौकही सडक धमाधम विस्तार हुँदैः ९५ किलो मिटरमा झण्डै ३० अर्व खर्च हुने