काँकडभिट्टा लौकही सडक धमाधम विस्तार हुँदैः ९५ किलो मिटरमा झण्डै ३० अर्व खर्च हुने

२७ चैत्र २०८०/डिकेश लामा

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पूर्वी खण्ड काँकडभिट्टा लौकही सडक विस्तार गर्ने काम शुरु भएको छ । दुई लेनको सडकलाई ४ लेन बनाउने गरी थालिएको योजनामा रुख हटाइ सडक विस्तार गर्ने र पुल निर्माणको काम थालिएको हो । काँकडभिट्टा देखि लौकहीसम्मको १ सय २० किलो मिटर मध्ये ९५ दशमल ७६ किलो मिटर ठेक्का लागी धमाधम काम हुन थालेको छ । ५ वटा प्याकेजमा पुल र सडकका लागि झण्डै ३० अर्व बजेट खर्च हुनेछ । पहिलो चरणमा रुख हटाउने कामले तिव्रता पाएको सडक योजनाका प्रमुख सुनिलबाबु पन्तले बताउनु भयो । पन्तका अनुसार पूर्वी खण्डको रुख हटाउने काम ७० प्रतिशत सकिएको छ । योसँगै पुल र कल्भर्ट निर्माणको काम पनि थालिएको छ । पूर्वी खण्डमा पर्ने रतुवा, विरीङ्ग र कन्काई पुलको भने अर्कै प्याकेजमा ठेक्का लागेको छ । ५ वटा प्याकेजमा ठेक्का लागेको कामको सकिने म्याद भनेको सवैको ३६ महिना नै रहेको उहाँले बताउनु भयो ।

पहिलो प्याकेजमा काँकडभिट्टा देखि केर्खासम्म ४५ किलो मिटर सडक र सानातिना १७ वटा पुल समेतको १० अर्वमा ठेक्का लागेको छ । यूरोपियन कन्ट्रक्सन करपोरेशन र कालिका जेभीले लिएको ठेक्काको काम अन्तर्गत पुल र सडक चौडा गर्ने काम हुन थालेको छ । २०२० को दशक देखि गाडी चल्न थालेको सडक यातायातको साधान बढ्दै गए पछि साँघुरो हुन थालेको छ । जसले गर्दा अधिक दुघर्टना समेत बढ्दै जान थालेको छ । अव भने चौडा सडक बन्न लाग्दा स्थानीय बासिन्दा खुशी बनेका छन् । कमल गाउँपालिका निवासी वेधनीधि पौडेलका अनुसार सडकको चौडा १० बर्ष अघि नै हुनु पर्ने हो । यातायातको चापलाई हेर्दा र एशियन सडकको रुपमा विकास गर्न ढिलो भए पनि काम शुरु भएकाले आफूहरु खुशी भएको उहाँले बताउनु भयो ।


वंगालदेशको ढाकाहुँदै नेपालको पूर्वी नाका काँकडभिट्टा जोडिने एशियन राजमार्गसँग जोडिएको पूर्व पश्चिम राजमार्गलाई चार लेन बनाउने काम सडक विभागले ३ बर्ष सक्ने योजना छ । सडक र पुल सहितको योजना निर्माणले पछिल्लो समय भईरहेको यातायतको चाप र दुघर्टना न्यूनिकरणमा टेवा पुग्ने स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सशस्त्र प्रहरीको केन्द्रिय कार्यालयकाे गोदामघरमा आगलागी
Next post दमकमा भएकाे आगलागीमा अढाइ करोडको क्षती (फाेटाे फिचर)