हटेन नदि तर्दा जोखिमसँगै कर तिर्नु पर्ने बाध्यता

९ वैशाख २०८१/बालदिवश तामाङ
बहुप्रतिक्षित हुलाकी सडकखण्ड अन्तर्गत कन्काई नदिमा निर्माण थालेको पुल १२ बर्ष वितिसक्दा पनि बन्न सकेन । पुन नबने पछि दैनिक सयौंका संख्याका यात्रुहरुले जोखिम मोलेर पैसा तिरेर हिड्नु पर्ने बाध्यता हट्न सकेको छैन । ढुङ्गा या पुलबाट नदि तरे वापत गौरीगंज गाउँपालिको ठेक्का लगाएर यात्रुसँग कर असुल गर्ने गरेको छ । १२ बर्षमा पुल नबन्दा बर्षेनी सयौंका संख्यामा हिड्ने यात्रुले दैनिक २० देखि १ सय रुपयाँ कर बुझाउनु पर्ने हुन्छ । यो बर्ष गाउँपालिकालाई २ लाख ७२ हजार दिनु पर्ने भए पनि ठेक्केदारले कमिशन खाने गरेको डुङ्गा संचालन र अस्थायी पुल निर्माण गरी रकम असुल गर्दै आउनु भएका शुरेश माझीले बताउनु भयो । माझीका अनुसार गाउँपालिकामा तोकेको रकम भन्दा ठेकेदारले आफूहरुले भने ३ लाख तिर्नु परेको बताउनु भयो । ठेकेदारले विच्यौलाको काम गरेकाले पनि आफूहरु मारमा परेको उहाँले बताउनु भयो ।

७ सय २४ मिटर लम्बाईको पुल २०६८ साल जेठ ३१ गते ३४ करोड रुपयाँमा ठेक्का लागी काम शुरु भएको हो । पप्पु महादेव जेभीको ठेक्कामा थालिएको काम कछुवाको गतिमा संचालन भए पछि यात्रुले सास्ती र जोखिम मोल्दै आएका छन् । सिटी संचालन गर्दै आउनु भएका गौरीगंज गाउँपालिका वडा नं. १ का हरिभक्त महत्तोका अनुसार जोखिम मोलेर बाँसको पुलबाट सिटा तार्नु पर्छ । नदिमा खोलामा झर्यो भने गरिखाने भाडाँ नै सकिने बताउनु भयो । बनाउँदै गरेको पुल बने धेरैले यातायत क्षेत्रमा समेत रोजगार पाउने उहाँले बताउनु भयो ।

पप्पु कन्ट्रक्सन कम्पनि कालो सूचिमा परे पछि जेभी पाटर्नर महादेवले काम थालेको ३ बर्ष भइसकेको छ । यो बर्ष भने मुख्य संरचनाको काम बर्षात अगावै सक्ने निर्माण कम्पनिका इन्जिनियर सरोजकुमार यादवले बताउनु भयो । यादवका अनुसार एप्रोच सडक र फिनिसिङ बाहेक मुख्य संरचनाको काम यो बर्षा अगावै सक्ने बताउनु भयो ।

झापामा पर्ने हुलाकी सडकको ४८ किलो मिटर सडक र अन्य १६ वटा पुल निर्माण भईसकेको छ । तर कन्काई पुल नबन्दा भने बर्षौं देखि यात्रा गर्दाको सास्ती र जोखिम भने हट्न नसकेको यात्रुहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हात्तीको क्षतिपूर्ती माग गर्ने संख्या बढ्दैः एक करोड बढी रकम भुक्तानी हुन बाँकी
Next post झापामा मकै खेती र उत्पादन बर्षेनी बढ्दै (फाेटाे फिचर)