झापामा मकै खेती र उत्पादन बर्षेनी बढ्दै (फाेटाे फिचर)

१३ वैशाख २०८१/बालदिवश तामाङ

नेपालमा सवै भन्दा धेरै मकै फल्ने झापा जिल्लामा यस बर्ष उत्पादनमा थप बृद्धि हुने भएको छ । समयमै मलको उपलव्धता भए पछि खेतीसँगै उत्पादन समेत बढेको किसानले बताएका छन् । झापा गाउँपालिका वडा नं. ५ का किसान देवचरण राजबंशीका अनुसार मलको सहजता भए पछि यो बर्ष मकै खेती गर्ने किसानको संख्या समेत बढेको छ । यो बर्ष मकै समेत राम्रो उत्पादन भएको छ ।

झापा जिल्लामा विगत ४ बर्ष यता मकै जोन कार्याक्रम संचालन गरे पछि बर्षेनी मकै खेती बर्षेनी बढ्दै गइरहेको छ । तर विगत बर्षमा मल नपाएर समस्या भोग्दै आएका किसानले भने यो बर्षसहज मल पाए पछि उत्पादन समेत बढेको किसानले बताएका छन् । विगत बर्षमा भारतबाट गुणस्तरहीन र महँगो मुल्य तिरेर मल ल्याउने समस्या यो बर्ष सहज भएको बाह्रदशी गाउँपालिका वडा नं. ७ मा केरा तथा मकै खेती गर्दै आउनु भएका लक्ष्मीप्रसाद चिमरियाले बताउनु भयो ।

जिल्लामा बार्षिक सरदर ४४ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । सरकारले अनुदान उपलव्ध गराई मकै जोन, ब्लक जस्ता कार्याक्रम संचालन पछि खेती र उत्पादन बढ्दै गएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । मलसँगै हाइव्रिड मकैको विऊ समेत राम्रो लगाउन थाले पछि केही खेतीसँगै उत्पादन बढेको उहाँले बताउनु भयो ।

जिल्लामै सवै भन्दा धेरै मकै खेती झापा गाउँपालिकाम हुने गर्दछ । हाइव्रिड मकै खेती गर्दा प्रति विगाह ५० देखि ५५ हजार रुपयाँ खर्च हुने गर्दछ । राम्रो उत्पादन हुँदा प्रति विगाह २ लाख रुपयाँसम्म आम्दानी हुने गरेको झापा गाउँपालिका वडा नं. ५ का किसान सोहन राजबंशीले बताउनु भयो । ५ विगाह क्षेत्रमा मकै खेती गर्नु भएका राजबंशीले १० लाख रुपयाँको मकै विक्री गर्न सकिने बताउनु भयो । तर बजारको मुल्य उताव चढाव हुँदा भने किसानलाई समस्या हुने गरेको उहाँले बताउनु भयो ।

जिल्लामा अगुवा मकै खेती गर्ने किसानले मकै भाँच्ने, सुकाउने र थन्काउने कार्य शुरु गरेका छन् । मल र बजारको ग्यारेन्टी हुने हो भने मकै खेतीबाट किसानले राम्रो आम्दानी गर्न सक्ने उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हटेन नदि तर्दा जोखिमसँगै कर तिर्नु पर्ने बाध्यता
Next post इलाम  र बझाङमा शनिवार उपनिर्वाचन हुँदैछः निर्धक भएर मतदानमा सहभागी हुन अपील