सातौं दमक फुड फेस्टिवल सम्पन्नःपत्रकार उप्रेती सम्मानित


२९ फाल्गुन २०७७
झापाको दमकमा होटल व्यवसायीले गरेको एक हप्ते फुड फेस्टिवल कार्याक्रम शनिबार सम्पन्न भएको छ । लामो समय कोरोना कहरले थला परेको होटल तथा पर्यटन व्यवसायको प्रवर्धनका लागि फुड फेस्टिवल गर्ने कार्याक्रममा झण्डै एक लाख आगन्तुकहरुले अवलोकन गरेको होल व्यवसायी संघका सदस्य तथा प्रचार प्रसार उपसमितिका संयोजक काजि राउतले बताउनु भयो । यस्तै कार्यक्रमले लक्ष्य गरे अनुसार फेस्टिवलमा झण्डै ५० लाखको कारोवार भएको अनुमान रहेको छ ।
यस्तै शनिवार भएको समापनको अवसरमा दमक क्षेत्रमा रहेर लामो समय देखि पत्रकारित ागर्दै आउनु भएका टिकाराम उप्रेतीलाई नगद ५ हजार सहित सम्मान पत्रले सम्मान गरिएको छ ।

व्यवसायी संघका अध्यक्ष राजेन्द्र दंगालको हातबाट सम्मान गरिएको छ । यस्तै फेस्टिवल संचालनमा सहयोग गर्ने स्थानीय क्षेत्रमा संचालित विभिन्न दर्जन हाराहारी मिडिया र मिडियाका प्रतिनिधि, कार्याक्रममा सहयोग गर्ने दाता समेतलाई मायाको चिनो प्रदान गरेर सम्मान गरिएको छ । फेस्टवलमा स्थानीय क्षेत्रमा उत्पादन भएका र गरेका सामाग्रीहरुको विक्री वितरण र विभिन्न खाद्यन्य परिकारहरुको स्टल राखिएको थियो ।


नेपालमा कोरोना संक्रमण दर केही घट्न थालेको र खोप समेत लगाउन थालेकोले व्यवसाय प्रवर्धन गर्ने उदेश्यले झण्डै २४ लाख खर्च हुने अनुमान गरिएको फेस्टिवल गएको २३ गते देखि दमक वडा नं. ७ बसपार्कमा संचालन गरिएको थियो । लामो कोरोना कहर पछि दमकमा यो दोस्रो पटक गरिएको महोत्सव हो । यस अघि सोही स्थानमा धिमाल महोत्वस भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रदेशमै पहिलाे वाटर पार्क संचालनमा
Next post नेपालकाे शान्ति स्थापनामा प्रश्नः २ साता नवित्दै बम विष्फोट