0 0
Read Time:2 Minute, 27 Second


१ चैत्र २०७७, सिरहा,
नेपालमा ऐतिहासिक शान्ति स्थापना गर्न आफू सफल भएको दावी गर्नु भएको प्रधानमन्त्रीको भनाइको दुई साता नवित्दै शान्ति स्थापनामा प्रश्न खडा भएकाे छ । भूमिगत भएर वेला वेला राज्यमा बम व्लाष्ट समेत गर्दै आएको नेकपा विप्लव समूह समेत शान्ति प्रकृयामा आएकाले देशमा बम व्लाष्ट नहोला भन्ने जनताले आशा गरेको वेला आज मध्याह्न सिरहामा बम विस्फोट हुँदा ६ जना घाइते भएका छन् । लहान नगरपालिका–८ स्थित भाडामा रहेको मालपोत कार्यालयको माथिल्लो तल्लामा मध्यान्ह १२ बजेर ४० मिनेटमा कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

विस्फोटमा परी मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका–१३ का भोलाबहादुर मगर, गोलबजार नगरपालिका–६ का लक्ष्मी राना, बेचनी मगर, सिरहा नगरपालिका–१६ का लालबहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव, धनगढीमाई नगरपालिका–४ का दिनेश भण्डारी घाइते भएकाे बताइएकाे छ ।

गम्भीर घाइते भएका भण्डारी, मगर र यादवको उपचार सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको र बाँकी समान्य घाइतेको उपचार लहान अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दाहालले जानकारी दिनु भयाे ।

‘आज बिहान जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)का नेता रामविलाश यादवले प्रेस विज्ञप्ति निकालेर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गर्नुभएको थियो,’ एसपी राजभण्डारीले भन्नु भयाे,’ उक्त समूहको असन्तुष्ट पक्षले हो वा अन्य कसैले विस्फोट गराएको हो त्यसबारे हामी छानबिन गर्दैछौं ।’

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *