पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ६७ संक्रमित

वितेकाे २४ घण्टामा १२ जनाकाे मृत्यु

१ कातिर्क २०७७, काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएकाे २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शनिबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६९.४ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ८९ हजार ८ सय ४० रहेको छ ।

यसैगरी देशभर पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५७ प्रतिशतको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पर्सामा साढे २२ केजी अवैध सुन बरामद
Next post आदिबासी रंगशालाको योजना अन्यत्र सारिनेः प्रधानमन्त्री ओली (भिडियाे सहित)