पर्सामा साढे २२ केजी अवैध सुन बरामद

२० कराेडकाे सुन बरामद

१ कातिर्क २०७७ वीरगन्ज– पर्साकाे विरगंजकाे रेशम काेठीबाट  जिल्ला प्रहरी कार्यालय पर्साले  साढे २२ किलो अवैध सुन बरामद गरेको छ ।

झण्डै २० करोड रुपैयाँ बराबरको अवैध सुन श्री गणेश अपार्टमेन्टबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएकाे छ । वीरगन्ज रेशम कोठीस्थित श्री गणेश अपार्टमेन्टमा छापा मारी प्रहरीले २२ किलो ५ सय ७६ ग्राम सुन नियन्त्रणमा लिएको बताइएकाे छ ।

बरामद सुनसँगै २ केजी ६ सय ८१ ग्राम चाँदीका गरगहना समेत रहेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी पर्साका प्रहरी उपरीक्षक गंगा पन्तको कमाण्डमा गएको टोलीले  सुन बरामद गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

सुन धनी को हो भने कुरा अहिलेसम्म थाहा नभएको प्रहरीले जनाएको छ । सुनबारे थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एक सय रुपयाँको गाँजाले लियो युवाको ज्यानः गाँजाकाे विवादमा हत्या गर्ने पक्राउ
Next post पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ६७ संक्रमित