0 0
Read Time:5 Minute, 20 Second

उच्च प्राथमिकताका साथ संक्रमण रोकिने

प्रधानमन्त्रीकाे दमक अस्पताल शिल्यान्यास गर्दा गरिएकाे सम्बाेधन

२ कार्तिक २०७७, झापा
झापाको कमलमा वडा नं. ५ मा निर्माण हुने भनिएको अन्तराष्ट्रिय स्तरको रंगशाला अन्यत्र सारेर निर्माण गरिने प्रधानमन्त्री केपी ओलीले बताउनु भएको छ । रंगशाला निर्माण थालिएको ८ बर्ष पछि आज आइतबार दमकको ५० शैयाको अस्तपाल अनलाइन मार्फत सम्बोधन गरेर शिल्यान्यास गरिएको भरच्युअल कार्याक्रममा प्रधानमन्त्री ओलीले लामो केही मानिसले बखेडा झिकेर काममा अवरोध गरेका कारण अव अन्यत्र सारेर भए पनि अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले अनाआवश्यक झमेला निकाला निकालेका कारण रंगशालाको काम रोकिएको उहाँले बताउनु भयो । त्यस स्थानमा रंगशाला निर्माण गर्न नदिए अर्को ठाउँमा रंगशाला बनाएर त्यसलाई अर्को प्रयोजनमा प्रयोग गरिने उहाँले बताउनु भयो । उहाँले बखेडा झिकेर विकासका काममा अवरोध नगर्न आग्रह समेत गर्नु भयो ।
प्रधानमन्त्री ओलीले अस्पतालको शिल्यान्यास कार्याक्रमलाई सम्बोधन गर्दै देशमा पछिल्लो समय बढ्दै गएको संक्रमणलाई रोक्न सरकारले सक्दो प्रयास गरिरहेको र संक्रमण रोकेरै छाडिने उहाँले बताउनु भयो । उहाँले संक्रमण रोक्न सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, आयुर्वेद क्षेत्रका चिकित्सकले गरेका कार्यको प्रशंसा समेत गर्नु भएको छ । उहाँले संक्रमण रोक्न मानिसमा चेतनाको अभावका कारण केही बृद्धि हुन पुगेको समेत बताउनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहनगर दमकमा आइतबार ५० शैयाको अस्पताल अनलाइनबाट सम्बोधन गरेर शिल्यान्यास गर्नु भएको छ ।

कार्याक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरोगी नेपाल निर्माण गर्ने अभियानमा सवैलाई सहयोग गर्न उहाँले आग्रह गर्नु भएको छ । अस्पताल निर्माणले जिल्लाका अन्य पालिका सहित पहाडी जिल्लाका जनतालाई समेत सेवा पुग्ने भएकाले सुविधा सम्पन्न दमक अस्पताल निर्माण महत्वपूर्ण हुने उहाँले बताउनु भयो ।
प्रधानमन्त्री ओलीले अर्को प्रसङ्गमा कोभिड १९ का कारण केही भौतिक विकासका प्रयास केही ढिलासुस्ती भएकोले विपक्षीले नकरात्मक तवरले टिका टिप्पणी गर्ने गरेको बताउनु भयो । यस्तो महामारीका बावजुद पनि विकासका गतिविधिहरु भने धेरै भएको उहाँले दावी गर्नु भयो । बढ्दै गएको कोरोना नियन्त्रण गर्दै विकासका गतिविधि समेत गर्ने र कोरोना न्यूनिकरण गर्न सरकार उच्च प्राथमिकताका साथ अघि बढेको उहाँले बताउनु भयो ।
दमक अस्पताल झण्डै एक विगाह क्षेत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २० करोड ४ लाखमा ठेक्का लगाई भवन निर्माणको शिल्यान्यास गरिएको दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले बताउनु भयो । भूँइतलामा गाडी राख्न मिल्ने ३ तले ५० शैयाको अस्पताल निर्माण थालिएको छ ।
कार्याक्रममा अनलाइन एप जुम मार्फत प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राईले दशैं तिहार जस्ता महत्वपूर्ण चाडपर्वमा संक्रमण थप बढ्न सक्ने खतरा रहेकोले सवै नागरिक सचेत हुनु पर्ने बताउनु भयो । उहाँले दमकमा शिल्यान्यास गरिएको अस्पताललाई उच्च प्रतिधि र उच्च सेवा दिने खालको बनाउन प्रदेश सरकारले सहयोग समेत गर्ने बताउनु भयो ।
कार्याक्रममा प्रदेशका अन्य मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरु जोडिनु भएको छ । अनलाईन मार्फत अस्पतालको शिल्यान्यस गरिएको कार्याक्रममा नगरका राजनैतिक, सामाजिक र स्वास्थ्य क्षेत्रका जिम्मेवार प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

 

 

 

 

भिडियाे हेर्न तलकाे लिंक थिच्नुहाेस् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *