पत्रकारहरु निष्पक्ष र स्वास्थ्य प्रतिष्पर्धामा उत्रनु पर्छः सभामुख घिमिरे
झापामा ३ दर्जन हाराहारी पत्रकार सम्मानित
१७ वैशाख २०८१/सारासन्देश समाचार
झापाका पत्रकारको साझा संस्था पत्रकार महासंघको गरिमा बढाउन निष्पक्ष भएर एकताका सुत्रमा बाँधिनु पर्ने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले बताउनु भएको छ । पत्रकार महासंघ झापाको १४ औं अधिवेशनको उद्घाटन कार्याक्रममा बोल्दै प्रमुख अतिथि रहनु भएका घिमिरेले पत्रकारमा एकता नभए राष्ट्र र जनताको भरोसामा समेत वितृष्णा उत्पन्न हुने भएकाले पत्रकार सवै मिलेर राजनैतिक अस्थिरतालाई चिर्न एक हुनु पर्ने बताउनु भएको छ ।
यस्तै कार्याक्रममा पूर्व मन्त्रि तथा प्रदेश सभा सदस्य नेकपा माओवादी केन्द्रका कोशी प्रदेशका संसदीय दलका नेता इन्द्र आङबो मौषम, प्रतिनिधिसभा सदस्य नेपाली काँग्रेशका महामन्त्री विश्व प्रकाश शर्मा, पत्रकार महासंघ केन्द्रिय समितिकी उपाध्यक्ष बाला अधिकारी लगायतले पत्रकारितामा आउने चुनौती र अप्ठ्यारा चिर्न पत्रकार समेत सक्रीय हुनु पर्नेमा जोड दिइएको छ ।
कार्याक्रममा १ लाख १ हजार १ सय ११ रुपयाँको मोती पत्रकारिता पुरस्कारबाट महासंघका पूर्व अध्यक्षहरु केशव आचार्य र कृष्ण हुँमागाँईं बराबारी हिस्सा प्रदान गरिएको छ । यस्तै हेम सरिता फाउण्डेशनको टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार राजबाबु शंकर पुरस्कृत हुनु भएको छ । यो पुरस्कारको राशी ५० हजार ५ सय ५५ रहेको छ ।
लैंगिक समनता पत्रकारिता पुरस्कार २०७९ र ८० बाट क्रमश रेजिना गौतम र लिला अनमोल पुरस्कृत हुनु भएको छ । यस्तै २५ हजार ५ सय ५५ रुपयाँको केटो पत्रकारिता पुरस्कारबाट पत्रकार नरेन्द्र ढकाल, सोही राशीको सक्रीय समावेशी पत्रकारिता पुरस्कारबाट पत्रकार गणेशमान मुखिया सम्मानित हुनु भएको छ । यस्तै र उदयीमान पत्रकारिता पुरस्कारबाट युवा पत्रकारद्वय चन्द्र बस्नेत र प्रकाश पौडेल रहनु भएको छ । उदयीमान पत्रकारिता पुरस्कारको राशी ११ हजार १ सय ११ रुपयाँ रहेको छ ।
यस्तै यता झापाका ६५ बर्ष माथिका १८ जना जेष्ठ अग्रज पत्रकारहरुलाई दीर्घ सेवा सम्मानबाट पुरस्कृत गरिएको छ । उमेरका आधारमा उहाँहरुलाई उपचारकोषबाट १५ हजार र २० हजाररुपयाँ प्रदान गरिएको छ ।
यता नेपाल पत्रकार महासंघ झापा शाखाले यस बर्ष देखि शुरु गरेको ११ हजार राशीको छापा, अनलाइन, रेडियो र टेलिभिजन पत्रकारिता पुरस्कारबाट क्रमशः झुलन रेग्मी, उद्धव पुरी, पुष्प बराल र सुदिप अधिकारी सम्मानित हुनु भएको छ । यस्तै उत्कृष्ट कला पुरस्कारबाट पवन राजवंशी सम्मानित हुनु भएकाे छ । यता पूर्वी नेपाल देखि पश्चिम महाकालीसम्म साइकल यात्रा गर्न सफल पत्रकार मुक्ति पाैडेललाइ समेत सम्मान गरिएकाे छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा चौथो अङ्ग २०८० समेत विमोचन गरिएको छ । उदघाटन कार्याक्रम पछि बन्द सत्रमा बहुमत नपुगेको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य अमर खड्का र प्रदेश समितिका उपाध्यक्ष हिमा चेम्जाङ्गको अध्यक्ष मण्डलले अर्को सूचना जारी नभएसम्म बन्दसत्र स्थगित भएको जानकारी दिनु भएको छ ।