
उपनिर्वाचनमा दुवै स्थानमा एमालेको अग्रताः एमालेले बाजी मार्ने संभवना अधिक
१६ वैशाख २०८१/सारासन्देश समाचार
इलाम र बझाङको उपनिर्वाचनमा एमाले पार्टीले अग्रता थालेको छ । शुरुमा इलाममा नेपाली काँग्रेशका डम्बर खड्काले अग्रता लिए पनि पछिल्लो समय एमालेका उम्मेद्वार सुहाङ नेम्बाङले उछिनेका छन् । शुरुमा फाकफोकथुम वडा नं.१ र २ को मत गणना अवधिमा खड्का झिनो मतान्तरमा रहे पनि पछिल्लो समय झण्डै १ हजार मतान्तरमा नेम्बाङले अग्रता लिएका छन् ।
यस्तै बझाङमा पनि एमाले पार्टीका उम्मेद्वार दमनबहादुर भण्डारीले अग्रता लिएका छन् । नेपाली काँग्रेशका उम्मेद्वार अभिषेक बहादुर सिंहले यो समाचार तयार पार्दासम्म १ हजार ९ सय ६२ मत प्राप्त गर्दा भण्डारीले ६ सय ७६ मतले अग्रता कायम गर्नु भएको छ ।
अघिल्लो मतलाई विश्लेषण गर्ने हो भने इलामको हकमा स्व. सुवास नेम्बाङ र खड्काबीच १ सय १४ मतको मात्र अन्तर भएको थियो । त्यसवेला नेकपा माओवादी केन्द्र सहितको गठबन्धनमा उम्मेद्वार बन्नु भएका खड्काको झण्डै ७ देिख १० हजार मत याे पटक एमालेका उम्मेद्वारलाई समर्थन रहेको छ । यता स्वतन्त्र उम्मेद्वारका रुपमा निर्वाचनमा होमिनु भएका पहिचान पक्षधरका उम्मेद्वार डकेन्द्रसिंह थेगिमले समेत पछिल्लो मतपरिणाम हेर्दा केही भोट काटेको देखिएकाले इलामको हकमा नेकपा एमालेको जित सुनिश्चित जस्तै बनेको राजनीतिक जानकारकाे भनाइ छ ।
यता हल्ला भए अनुसार रास्वपाको मत झरेको छैन । मिलन लिम्बुको उम्मेदवारी सामाजिक संजालमा भएको चर्चा जस्तो मत भने प्राप्त नभएको पछिल्लो मत परिणामले देखाएको छ । पछिल्लो मत परिणाम अनुसार नेम्बाङ र खड्काबीच प्रतिष्पर्धा हुने देखिन्छ भने मुढा चुनाव चिन्ह लिएर पहिचानका पक्षमा उम्मेद्वार बन्नु भएका डकेन्द्रसिंह थेगिमले तेस्रो स्थान बनाउने देखिएको छ ।