दमककाे उत्तरी क्षेत्रमा तीन जिल्ला जोड्ने झोलुङ्गे पुल बन्दै

३ जेष्ठ २०८१/बालदिवश तामाङ
तीन जिल्लाको संगम स्थल मावा खोलाको चुृरे क्षेत्र ढुङ्गे भन्ने स्थानमा पहिलो पटक झोलुङ्गे पुल निर्माण हुँदैछ । ४ बर्ष अघि ठेक्का लागेर निर्माण थालेको पुलले यस बर्ष पूर्णता पाउने स्थानीय बासिन्दाले आशा गरेका छन् ।इलाम, झापा र मोरङ्ग जिल्लाको संगम स्थल ढुङ्गे नजिक दुधे भन्ने क्षेत्रमा निर्माण थालेको झोलुङ्गे पुल लामो समय पछि निर्माण हुन थालेको छ । कोरोना कहर लगायत विभिन्न कारणले रोकिएको पुल बर्षात अगावै सकिने निर्माण कम्पनि जगदम्भा, रुजन र युनिकर्न जेभीका सुपर भाइजर बद्रि खड्काले बताउनु भयो । खड्काका अनुसार सिमेन्टको काम सकिएको र अव पुल जोड्ने काम बाँकी रहेको बताउनु भयो ।

चुरे क्षेत्रको मावा खोलामा पहिलो पटक बन्न लागेको पुल विना भ्याट १ करोड ९० लाख रुपयाँमा ठेक्का लागेको हो । निर्माण थालेर लामो समय काम रोकिएको पुल अव भने बन्लाकी भन्ने आशा पलाएको स्थानीय बासिन्दाले बताएका छन् । ४ बर्ष अघि देखि थालेको पुल कोरोना कहर र अन्य कारणले रोकिएको थियो । तर अव भने बन्लाकी भन्ने आशा पलाएको स्थानीय बासिन्दा किरण पाण्ड्ले बताउनु भयो । यस्तै उत्तरी क्षेत्रलाई जनप्रतिनिधिहरुले चासो नदिएका कारण पनि योजनाले सार्थकता नपाएको अर्का युवा क्षितिज खड्काले बताउनु भयो ।

झापा जिल्लामा पूर्वाधार कार्यालय मार्फत यो बर्ष १० वटा मोटरेवल पुल निर्माण भएका छन् । यस्तै यो बर्ष मात्र ८ वटा अन्य झोलुङ्गे पुल निर्माण गरिने पूर्वाधार कार्यालयका सूचना अधिकारी इन्जिनियर उत्तम नारायण खरेलले बताउनु भयो । खरेलका अनुसार जिल्लामा झोलुङ्गे पुलले एक अर्को बस्तीमा आवात जावातमा सहजतासँगै एकता र सद्भाव समेत आदान प्रदान भएको छ ।

जिल्लाको दुर्गम क्षेत्रमा पछिल्लो समय खोला तथा नदिको उच्च जोखिम क्षेत्रमा पुलहरु निर्माण र थप्नेक्रम बढेको छ । तर समयमा काम नहुँदा भने समस्या हट्न नसकेको स्थानीय बासिन्दाको गुनासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post क्रिकेटर लामिछानेले अदालतबाट सफाइ पाएसँगै निलम्बन फुकुवा
Next post महँगो शुल्कले माछा पालनमा समस्या