क्रिकेटर लामिछानेले अदालतबाट सफाइ पाएसँगै निलम्बन फुकुवा

२ जेष्ठ २०८१, काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेले बलात्कार सम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।

उच्च अदालत पाटनले क्रिकेटर लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याउँदै सफाइ दिएको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएको हो । फैसला पछि सफाइ पाउनु भएका लामिछाने माथि लगाएको निलम्बन नेपाल क्रिकेट संघले फुकुवा गरेको छ ।

संघले आज एक विज्ञप्ति निकालेर उनिमाथि लगाइएको निलम्बन फुकुवा गरेको हो ।

सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुंदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराइएकाे विज्ञप्तिमा उल्लेख्य गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post क्रिकेटर लामिछानेकाे मुद्धा हेर्दाहेर्दैमा
Next post दमककाे उत्तरी क्षेत्रमा तीन जिल्ला जोड्ने झोलुङ्गे पुल बन्दै