देश विकासका लागि एकताको खाँचो रहेकाे नेकपा एमालेका अध्यक्ष ओलीकाे भनाइः दमकमा नयाँ नेतृत्व गठन हुने 

१० जेष्ठ २०८१, झापा
देश विकासका लागि सवै एक भएर लाग्नु पर्ने नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताउनु भएको छ । पूर्व प्रधानमन्त्री रहनु भएका ओलीले आफ्नो गृह नगर दमकको दोस्रो नगर अधिवेशनको उदघाटन गर्दै देश विकासका लागि एक पटक एमालेको एकलौटी सरकार आउने गरी पार्टी कार्यकर्ताहरुले एकताका साथ अघि बढ्नु पर्ने बताउनु भयो ।
यस अघि भएको स्थानीय तहको निर्वाचनमा मेयरको पदमा हार व्यहोर्दा अहिले दमक नगरको विकासमा प्रभाव परेको देखिएको उहाँले बताउनु भयो ।

अध्यक्ष ओलीले नेपाली जनताले देशमा एमालेको एकलौटी नेतृत्व खोजेको स्पष्ट भएको बताउनुभयो। उहाँले एमालेले मात्रै देशलाई समृद्धिको दिशामा अगाडी बढाउन सक्छ भन्ने देखाएको बताउनु भयो। उहाँले देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र विकासमा एमालेले मात्रै अगाडी बढाउन सक्ने उल्लेख गर्नुभयो। ओलीले जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टीभित्रको द्वन्द्वका कारण दमक नगरपालिकामा एमालेले नेतृत्व गुमाउन पुगेको जिकिर गर्नुभयो

कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्की, प्रदेश सांसद लगायत पार्टीका केन्द्रिय सदस्यहरुको उपस्थितिमा भएको दमक नगर कमिटिको दोस्रो नगर अधिवेशनले भोलि नयाँ कमिटि बनाउने कार्याक्रमका अध्यक्ष गेहनाथ पोखरेलले बताउनु भयो ।

यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा नेकपा एमालेको दोश्रो नगर अधिवेसनले नयाँ नेतृत्व चयन गर्दैछ । आधा दर्जन अध्यक्षको आंकाक्षी रहेका छन् । यसमा दमकका युवा ब्यवसायी तथा नेकपा एमालेका युवा नेता युवराज घिमिरेले पनि अध्यक्षमा उम्मेद्वारी मनोनयन गरेका छन् । उहाँले पार्टी भित्र आम कार्यकर्ताको निराशालाई आशामा बदल्नका लागि आफ्नो उम्मेद्वारी भएको बताउनु भएकाे छ । पार्टी अध्यक्षको गृह नगरमा पार्टीले नगर प्रमुख, उपप्रमुख मात्र नभएर अधिकाँश सामाजिक संघसंस्थामा नेतृत्व गुमाइरहेको छ यो गम्भिर बिषय हो, घिमिरेले भन्नु भयाे । पुरानो एमालेको साखलाई फिर्ता गरेर दमकमा एमालेको बर्चश्व कायम गराउनु छ र एमालेका कार्यकर्ताहरुले छाती ढोकेर एमाले हुँ भन्ने बनाउनु छ, घिमिरेको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विदेशी सुपारीले किसान तथा व्यवसायी मारमा: कराेडाैं मुल्यका सुपारी गाेदाममै थन्कियाे
Next post अभियानबाट दमकमा १ लाख विरुवा रोपिने तयारी