
सरकारबाट १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन (पूर्ण पाठ सहित)
१५ जेठ २०८१, काठमाडौँ – आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । जस अनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेटको लागि पाँच प्राथमिकता तय गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको ५ प्राथमिकता तय गरिएको बताएका हुन् । बजेटको ५ प्राथमिकतामा आर्थिक सुधार निजी क्षेत्रको प्रवर्द्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास र पूर्वाधार निर्माण रहेको बताउनु भएकाे छ । ३४७ वटा बूँदा सार्वजनिक भएकाे बजेटले याे बर्ष कृषिलाइ अघिल्लाे बर्षकाे तुलनामा बढी प्राथमिकता दिएकाे छ ।
बजेटकाे पूर्ण पाठ पढ्न तलकाे लिंक थिच्नुहाेस् ।