0 0
Read Time:1 Minute, 58 Second

२३ जेष्ठ २०८१/दमक (झापा)
कोशी प्रदेशमा बसोवास गर्ने सिमान्तकृत समूदायको साँस्कृतिक महोत्सवको तयारी थालिएको छ । प्रदेश सरकारको १० लाख रुपयाँ सहयोगमा लोपोन्मुख सँस्कृतिको जर्गेना र विकास गर्ने ध्येयले दमकमा साँस्कृतिक महोत्सव हुने दमकमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
दमक नगरपालिकाका प्रथम नागरिक धिमाल र सन्थाल जातिको अगुवाईमा आगामी जेठ २६ र २७ गते दमकमा साँस्कृति महोत्सव गरिने बताइएको छ । संघीयता कार्यान्वयनको पहिलो स्थानीय सरकारले पहिलो बर्ष नै धिमाल जातिलाई प्रथम नागरिक घोषणा गरेर साँस्कृतिक तथा जातिय पहिचानको विकास थालेको नगरमा यो बर्ष कोशी प्रदेश भरीका धिमाल, सन्थाल लगायत अन्य लोपोन्मुख जातजातिको भेषभूषा, नृत्य, खानाका परिकार सहितको पदर्शनी र प्रतिष्पर्धा हुने प्रथम नागरिक धिमाल व्यवस्थापन समिति दमकका अध्यक्ष तेज बहादुर धिमालले बताउनु भयो ।
महोत्सवमा मुख्य गरी सँस्कृतिसँग जोडिएका लोप हुने अवस्थाका विषयबस्तुलाई समेटिने नेपाल आदिवासी सन्थाल उत्थान संघ दमकका अध्यक्ष कर्ण हेमरमले बताउनु भयो । दमक वडा नं. ८ मा रहेको कस्मिक पार्टी प्यालेसमा हुने भनिएको कार्याक्रममा जातीय भेषभूषा, खानाका परिकार र साँस्कृतिक नृत्यहरु प्रदर्शन हुने बताइएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *