दमकमा स्वास्थ्य परिक्षणसँगै फलफुलका विरुवा वितरण

२१ जेष्ठ २०८१/दमक (झापा)
पर्यावरणको संरक्षणसँगै उत्पादनमा जोडिन दमकमा १ लाख फलफुलको विरुवा रोपाईं अभियानलाई तिव्र पारिएको छ । झापाको दमक वडा नं. ५ काे धनेश्वर मन्दिर परिसरमा आज २ हजार २ विरुवा वितरण र रोपाई भएको छ । नेकपा माओवादी केन्द्रले जनतालाई उत्पादनसँग जोड्न थालिएको अभियानले हालसम्म दमकमा ५ हजार विरुवा रोपाई भइसकेको छ ।

माओवादी केन्द्रका कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ले १० बर्षे जनयुद्धबाट प्राप्त जनताको हातको शासन सत्ताले अव व्यवस्थामात्र नभएर जनताको अवस्था समेत परिर्वतन हुने गरी सवैले काम गर्नु पर्ने बताउनु भएको छ । उहाँका अनुसार जनतालाई रोजगारी र उत्पादनसँग जोड्न सकेमा पछाडि पारिएका र परेका जनताले खोजेको समृद्धि प्राप्त हुने बताउनु भयो ।
नेकपा माओवादीको पूर्वेली संगठन सुदृढीकरण अभियान अन्तर्गत निशुल्क स्वास्थ्य शिविर र विरुवा रोप्ने तथा वितरण गर्ने कार्य गरिएको छ । १ लाख विरुवा रोप्ने अभियानमा राजनैतिक कार्यकर्ता, सहयोगी संस्थाको सहयोगमा हुँदै आएको वृक्षारोपण गर्न ढेड करोड जति खर्च हुने भएकाले सहयोगी दाताको भरमा कार्याक्रम संचालन गरिँदै आएको दमक नगर कमितिका अध्यक्ष रवि बस्नेतले बताउनु भयो ।
बस्नेतका अनुसार यो बर्ष १ लाख विरुवा रोप्ने काम नकिए पनि ५० हजार विरुवा भने रोप्ने लक्ष्य राखिएको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रुख नहटाइएका कारण मदन मार्ग निर्माण ढिलाइ हुँदा समस्या (फाेटाे फिचर)
Next post लोपोन्मुख सँस्कृति जर्गेना गर्न दमकमा साँस्कृतिक महोत्सव हुने