
मेची भन्सारबाट निर्यात बढ्दै आयात घट्दै
२८ जेष्ठ २०८१/झापा
नेपालको पूर्वी नाका मेची भन्सारबाट आयात घटेसँगै निर्यात भने बढेको छ । खासगरी चिया र अलैंचीको निर्यात घटे पनि अन्य उत्पादनको भने छ । यो बर्ष प्लाइउड, छुर्पी, अम्रिसो कुचो, अदुवा र सुठो लगायतका कृषि उपार्जनको निर्यात भने उल्लेख्य बृद्धि भएको भन्सार कार्यालय झापाका सूचना अधिकारी भन्सार अधिकृत गणपति कडेलले बताउनु भयो । तर समग्रमा आयात भने घटेको छ । आयात हुने बस्तु मध्ये सबैभन्दा धेरै पेट्रोलियम पदार्थको रहेको छ ।
यस्तै एपीजी ग्यासको आयात समेत घटेको छ । यो बर्ष १० महिनाको अवधिमा ग्याँस झण्डै ७ प्रतिशत र पेट्रोलियम पदार्थ १३ प्रतिशतले घटेको छ । आयात घटेकाले भन्सार असुली लक्ष्य भन्दा २३ प्रतिशतले कम भएको छ । बार्षिक लक्ष्य २० अर्वको भए पनि यो बर्ष १० महिनाको अवधिमा १४ अर्व मात्र राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।