चट्याङ लागेर दुई जनाको मृत्युः झापामा बाढीले जोखिम बढ्दै

११ असार २०८१/झापा

झापामा चट्याङ्ग लागेर आज एकै दिन दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा कमल गाउँपालिका वडा नं. २ को ४६ बर्षीय राज खड्का र गौरीगंज गाउँपालिका वडा नं. ३ का ४२ बर्षीय सिताराम दाहालको मृत्यु भएको हो । खड्का र दाहाल दुवै जना खेतमा गई काम गर्दै गरेको अवस्थामा चट्याङको झड्काले भेटेको थियो । खड्काको उपचारकोक्रममा र दाहालको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दले जानकारी दिनु भयो ।

आजै परेको चट्याङले अर्जुनधारा र मेची नगरपालिकामा दुई जनाको घरको विजुली, पंखा, पशुचौपाय समेतमा गरेको क्षतिबाट १ लाख धनमाल नष्ट भएको प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा असारको पहिलो साता यता मात्र ३ जनाको ज्यान गईसकेको छ । यस्तै राती देखि आएको बर्षाले जिल्लाका केही भाग डुवानमा परेका छन् । दमकको रतुवा नदिले दमक वडा नं. १० को दक्षिणी क्षेत्रमा बाढीको बहाव समेत प्रवेश गरेको स्थानीय बासिन्दा नगेन्द्र न्यौपानेले जानकारी दिनु भएको छ । यस्तै शिवसताक्षी नगरपालिका वडा नं. ३ का २ घर परिवारलाई मन्दिरमा स्थान्तरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्थानीय तहको बजेट पूर्वाधारमा जोडः दमकले ल्यायो नारै–नाराको कार्याक्रम
Next post कोशी प्रदेश सरकारविरुद्ध दायर रिट निवेदन खारेज