स्थानीय तहको बजेट पूर्वाधारमा जोडः दमकले ल्यायो नारै–नाराको कार्याक्रम

९ असार २०८१/झापा

झापाका केही पालिकाले आज एकै दिन नगरसभा गरेका छन् । अधिकाशं पालिकाले पूर्वाधार विकासमा नै सवै भन्दा धेरै बजेट, नीति तथा कार्याक्रमहरु राखेका छन् । आज झापाको कमल, कन्काइ, दमक, शिवसताक्षी लगायतका पालिकाले नगरसभा गरी नीति तथा कार्याक्रम पेश गरेका छन् ।

यसैबीच पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाले यो बर्ष पनि पूर्वाधार विकासमा नै सवै भन्दा धेरै बजेट विनियोजन भएको छ । नगर प्रमुख रामकुमार थापाको सभाध्यक्षमा भएको १५ औं नगरसभामा उपप्रमुख रेगिना भट्टराई प्रसाईंले १ अर्व ६२ करोड ७७ लाखको बजेट पेश गर्नु भएको छ ।

सभामा बजेट प्रस्तुत गदै उपप्रमुख प्रसाईंले ७९ करोड ६१ लाख पूर्वाधारमा विनियोजन भएको बताउनु भएको छ । यस्तै शिक्षामा संघीय बजेट सहित ३३ करोड विनियोजन भएको छ भने कृषिमा १ करोड ८८ लाख विनियोजन भएको छ । नगरको कार्याक्रमहरु धेरै नारामा आएका छन् । कृषिमा लगानी खेत खेतमा पानी, व्यवस्थित र सदस्यमैत्री सहकारीको अभिबृद्धि दमकको समृद्धि, जनताको कामको निकास जनप्रतिनिधि र कर्मचारीको क्षमताको विकास, मुस्कान सहितको सेवा नागरिकहरुको पेवा, शासन हौइन सुशासन लगायतका दर्जनौं नाराहरु तय गरिएको छ ।

प्रतिवेदनमा कृषिमा यो पटक नौलो अभ्यासको रुपमा गाजा खेतीको संभाव्यतालाई अध्ययनका लागि खाली तथा सार्वजनिक जग्गामा परिक्षण गरिने समेत उल्लेख्य गरिएको छ । नगरसभा लिखित तथा प्रकृयागत सुझाव लिएर २१ गते पारित गरिने सभाध्यक्ष नगर प्रमुख थापाले बताउनु भयो ।

तर चालु आर्थिक बर्ष भन्दा यस बर्ष शिक्षा, स्वास्थ्य र कृषिलाई पालिकाहरुले केही प्राथमिकता बढाएका छन् । यो बर्ष गौरादहले भने शिक्षा, कृषि र स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post यस बर्ष कहिल्यै नसुक्ने क्षेत्रमा पानी सुके पछि समस्याः अझै कतिपय टुवेलमा पानी आएका छैनन्
Next post चट्याङ लागेर दुई जनाको मृत्युः झापामा बाढीले जोखिम बढ्दै