असुली आतंक रोक्न नेकपा झापाको चेतावनी 

१२ असार २०८१, झापा– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले असार मसान्त गरिने असुलीकाे नाममा व्यवसायी र श्रमजीवी जनतालाइ दुःख नदिन अपील गरेकाे छ । खासगरी बैंक, बित्तिय संस्था र मिटरब्याजी समेतले असार मसान्तमा काराेवार बन्द गरिने भन्दै असुली गर्ने बहानामा उद्योगी, ब्यवसायी र श्रमजिवी जनतालाई हदै सम्मको दुख दिन थालेकाले साेकाे विराेध गरी आज प्रेस बिज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तीमा भनिएकाे छ, ‘हामी उद्योगी व्यवसायीहरुको सुरक्षा र हितमा गंभिरता पुर्वक सोच्न राज्य समक्ष जोडदार माग गर्दछौं । साथै असार मसान्तको नाममा अशुली आंतक संचालन गरेर होइन कि बरु के गर्यो भने उद्यागी र व्यवसायीलाई सहज हुन्छ र ऋण उठ्न सक्छ भन्ने कुरामा बैंक तथा वित्तिय संस्थाले संयमित भएर गंभिरता पुर्वक लाग्न अनुरोध गर्दछौ । उधोगी व्यवसायी तथा जनताको बांच्न पाउने हक समेत खोस्ने गरी भएका र गरिएका सबै खाले हर्कतहरु तुरुन्त रोक्न बैंक वित्तीय संस्था र मिटर व्याजीहरुलाई कडा चेतावनी दिन चाहान्छौं ।’
पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी र पार्टी सचिब संजय सी द्वारा जारी विज्ञप्तिमा देश आर्थिक रुपमा गंभिर संकटमा फसेको, राज्य स्वयमले पुंजिगत खर्चको भुक्तानी दिन नसकेको, व्यापार घाटा बढेको , उद्योग ब्यवसाय चौपट भएको र यस्तो बेला बैंकहरुले नागरिकहरु बिरुद्ध बाँच्न पाउने हक समेत खोस्ने गरि गरेको हर्कतको बिरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कोशी प्रदेश सरकारविरुद्ध दायर रिट निवेदन खारेज
Next post एसइईको नतिजा भाेलि सार्वजनिक हुने