२१ औँ राष्ट्रिय धान दिवशः झापामा मेशिनबाट धान रोपाईंमा जोड (फाेटाे फिचर)

१५ असार २०८१/झापा
झापामा मेशिनबाट धान रोप्ने कार्यलाई जोड दिँदै आज राष्ट्रिय धान दिवश मनाइएको छ । जिल्लामा रहेका १५ वटै पालिकाले फरक फरक ढंगबाट धान रोपेर धान दिवश मनाइएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन कार्यान्वयन इकाइ लगायत केही स्थानीय तहले नयाँ प्रविधिको मेशिनबाट धान रोपेर जलबायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि भन्ने यस बर्षको नारालाई कार्यान्वयन गर्न जोड दिएका छन् ।
कृषिमा यान्त्रिकरण शुरु गरे पछि यता नेपालकै सवै भन्दा धेरै धान उत्पादन हुने जिल्ला झापामा उत्पादकत्व समेत बृद्धि भएको परियोजनाका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो ।

भारतीय सिमावर्ती पालिका गौरीगंजको दक्षिणी क्षेत्रमा पहिलो पटक मेशिनबाट धान रोपे पछि सो क्षेत्रका किसान समेत उत्साहित भएका छन् । यता कमल गाउँपालिकाले पूर्खाहरुले धान रोप्दा गरिने वेठी बाजा बजाएर धान रोपेका छन् । पालिका अध्यक्ष हुकुमसिंह राईले मेशिन चलाएर धान रोप्ने कार्यको शुरुवात गर्नु भएको छ । यस्तै जिल्लामा विभिन्न राजनैतिक संगसंगठनले समेत धान दिवशमा धान रोप्ने कार्यक्रम गरेका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्र दमक नगर कमिटिले धान रोप्ने कार्याक्रम गरेको छ । यो कार्याक्रमले अव माओवादी केन्द्र पार्टी उत्पादनमा जोडिन चाहेको भन्ने सन्देश दिन पनि पछिल्लो समय उत्पादनमुलक कार्याक्रम थालेको पार्टीका संसदीय दलका नेता पूर्व कोशी प्रदेश मन्त्री इन्द्र आङबो मौषमले बताउनु भयो ।

नेपालमा अघिल्लो बर्ष १४ लाख ५८ हजार हेक्टरमा साढे ५५ लाख मेट्रिक टन धान उत्पादन भएको छ । झापा जिल्लामा बार्षिक सरदर ८५ हजार हेक्टरमा धान खेती हुने गरेको छ भने उत्पादन भने ४ लाख मेट्रिकटन बढी हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एसइई नतिजा प्रकाशितः ५० प्रतिशत पनि विद्यार्थी उत्तिर्ण भएनन्
Next post महँगो करले सुपारी किसान मारमाः प्रति केजी काँचो सुपारीमा ६ रुपयाँसम्म कर