भर्खरै दमक २ मा दुघर्टनाः एक जना घाइते
१९ साउन २०८१/झापा
झापाको दमक वडा नं. २ मा अहिले साँझ दुघर्टना हुँदा एक जना घाइते भएका छन् । साँझ ७ बजे तिर दमकबाट मधुमल्ला जाँदै गरेको को १ ह ८३५१ नम्बरको अटो र मधुमल्लाबाट आउँदै गरेको मे १० प ५९९५ नम्बरको मोटर साईकल र एक आपसमा ठोकिन्दा मोटर साइकल चालक विनोद अधिकारी गम्भीर घाइते भएका छन् ।
दमक वडा नं. २ को कार्यालय नजिकै भएको दुघर्टनामा घाइते अधिकारीलाई वेहोस अवस्थाबाट उठाएर उपचारका लागि आम्दा अस्पताल पठाइएको छ । अधिकारीको अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाइते अधिकारी मामा चौक नजिकै सागसब्जीको दोकान संचालन गर्दै आएको दमक वडा नं. २ का अध्यक्ष प्रजापति सापकोटाले बताउनु भयो । अटो चालक भने फरार रहेका छन् ।
More Stories
खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)
६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...
झापामा एकै दिन दुर्घटनामा तीन जनाको मृत्यु
१ पुस २०८१ /झापा झापाको दमकमा गए राती मोटर साईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमक वडा...