
२ साता नवित्दै नेपालमा अर्काे हवाइ दुर्घटनाः पाँच जनाकाे मृत्यु
२३ साउन २०८१, काठमाडौँ– दुई साता नवित्दै पुनः आज अर्काे हवाइ दुर्घटना भएकाे । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो १ः५४ मा हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो । हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको जानकारी दिएकाे छ ।