८७ बर्षीय जेष्ठको शैक्षिक यात्रा विमोचन

२५ साउन २०८१/दमक, झापा
शिक्षासेवी गौरीगंज गाउँपालिका वडा नं. १ निवासी ८७ बर्षीय बृद्धले आज आफ्नो पुस्तक लोकार्पण गर्नु भएको छ । २०१६ साल देखि शिक्षण पेशामा आवद्ध भई लामो समय देखि अध्यापन गर्दै आउनु भएका साहित्यानुरागी विश्वप्रसाद अधिकारीले आफ्नो पाँचौ कृतिको रुपमा ‘भोजपुरी देखि झापासम्मको संस्मरण यात्रा’ नामक पुस्तक लोकार्पण गर्नु भएको छ ।
दमकको दिपीनी माविमा भएको कार्याक्रममा प्रमुख अतिथि रहनु भएका प्रदेश सांसद राधाकृष्ण खनाल सहित अग्रज साहित्यकार र लेखक स्वयमले पुस्तकको विमोचन गर्नु भएको हो ।
कार्याक्रममा लेखक अधिकारीले आफू भोजपुर जिल्लाको दुर्गम गाऊँ थुम्पौवा याकुकटी भन्ने स्थानमा पञ्चकन्या विधालयको प्रधानाध्यापक भइ झापामा झरेर धेरै वटा विधालयको जिम्मेवारी सम्हालेको शैक्षिक यात्राबारे लेखेको बताउनु भएको छ ।

कार्याक्रममा पूर्वी नेपालका विभिन्न जिल्लाबाट सहभागी दर्जन बढी साहित्यकारले रचना तथा लेखकको कृतिबारे समिक्षा गरेकाे साहित्यकार कार्यक्रम संचालक विवश वलिभद्र काेइरालाले बताउनु भयाे । अधिकारीले यस अघि अन्य ४ वटा कृषि सार्वजनिक गरी सक्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ऋण र अनुदान लिनका लागि वार्ता टाेली गठन गरिनेः १३ अर्ब बेलायतबाट अनुदान
Next post बाढी पहिराेमा परी १७० जनाकाे मृत्युः ४८ जना अझै वेपता