बढी ब्याजको प्रलोभनले सहकारीमा समस्या: मेचीले १० कराेड बढी नाफा कमायाे

२८ साउन २०८१/झापा

पछिल्लो समय सहकारीमा आएको समस्या बढी ब्याजको प्रलोभनले गर्दा भएको बताइएको छ । कोशी प्रदेशमै उत्कृष्ट श्रेणीमा रहेको मेची सहकारी संस्थाले आज पत्रकारहरुसँगको अन्तकृया कार्याक्रममा वितीय क्षेत्रका अगुवाहरुले सहकारीको ठगी ब्याजको प्रलोभन र नीतिसंगत नचल्दा समस्या आएको बताएका छन् ।

संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले सरकारले तोकेको मापदण्ड नाघेर धेरै ब्याजको प्रलोभनमा वैंकबाट रकम झिकेर सहकारीमा राख्नेहरुको समेत पैसा डुवेको बताउनु भयो । १६ हजार बढी शेयर सदस्य रहेको संस्थाले आर्थिक बर्ष २०८१/०८१ मा १० करोड ८४ लाख नाफा कमाउन सफल भएको छ । ३७ करोड शेयर पूँजी रहेको संस्थाको ३ अर्व ८७ करोड वासलात रहेको कार्याक्रममा प्रमुख प्रबन्धक खोम बगालेले बताउनु भयो ।

देशभर २० वटा सहकारीमा झण्डै ६० हजार सेवाग्राहीको ३६ अर्व बढी रकम उठाउनु पर्ने माग दावी रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सुपारीको अस्थायी बर्तनको बजार खस्किँदै
Next post उद्योगधन्दा घट्दैः झापा झण्डै ६ सय उद्योग तथा फार्म बन्द