उद्योगधन्दा घट्दैः झापा झण्डै ६ सय उद्योग तथा फार्म बन्द

२९ साउन २०८१/डिकेश लामा

वितीय कारोवारमा सहज नभए पछि झापामा लघु उद्योगहरु बन्द हुनेक्रम बढेर गएको छ । गएको बर्ष मात्र ५ सय ६८ वटा बाणिज्य फर्म तथा लघु उद्योगहरु बन्द भएका छन् ।स्वरोजगारको राम्रो थलो मानिएका घरेलु तथा साना लघु उद्योगहरु धमाधम बन्द हुन थालेका छन् । खासगरी गाउँघरमा खुलेका लघु उद्योग र बाणिज्य फर्महरु बन्द हुन थालेको घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईले बताउनु भयो । भट्राईका अनुसार प्रदेश सरकारले नविकरणमा ढिलाई हुनेलाई विशेष छुट दिएकाले पुराना उद्योगले नविकरण गरेकाले राजश्व भने केही बढेको बताउनु भयो ।

पोल्ट्री फार्म र कृषि क्षेत्रका लघु उद्योगहरु पनि बन्द हुन थालेका छन् । बैंक तथा वितीय संस्थाको सहयोग नपाउँदा धेरै व्यवसायीहरु पलायन हुनु परेको लामो समय देखि पोल्ट्री व्यवसाय गर्दै आउनु भएका देवेन्द्र प्रसाईंले बताउनु भयो । प्रसाईंका अनुसार दमकमा रहेका ३७ वटा पोल्ट्री व्यवसाय मध्ये ३० वटा बन्द भइसकेका छन् ।

देशमा केही छैन भन्ने भाष्य पछिल्लो समय विकास हुँदै गएको छ । यस्तो वेला काम गर्ने किसानलाई प्रोत्साहन अनुदान दिन सके देश आर्थिक समृद्धि तिर जान सक्ने व्यवसायी समेत रहनु भएका दमक वडा नं. १० का वडा अध्यक्ष राजेन्द्र भण्डारीले बताउनु भयो ।

पछिल्लो समय आर्थिक तरलता देखाउँदै वैंक तथा वितीय संस्थाले सहज लगानी गरेका छैनन् । राज्यको उचित नीति नहुँदा उत्पादन भएका बस्तुहरुको पनि सहज बजार नभएकाले धेरैजसो उद्योगीहरु विस्थापित बनेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बढी ब्याजको प्रलोभनले सहकारीमा समस्या: मेचीले १० कराेड बढी नाफा कमायाे
Next post चियाको मुल्य बृद्धिले साना किसान उत्साहितः उत्पादन भने गिरावट