६ भदौ २०८१/झापा

आर्थिक तरलता आएसँगै वैंकिङ कसुरका मुद्धा बृद्धि भएको छ । आर्थिक बर्ष २०७८÷०७९ मा जिल्ला प्रहरी कार्यालय झापामा दर्ता भएका १ सय ४६ मुद्धा गत बर्ष बृद्धि भएको छ । आर्थिक बर्ष २०८०/०८१ मुद्धाको संख्या बढेर २ सय ५६ पुगेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कृष्णकुमार चन्दले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय झापामा परेको २ सय ५६ जनाको मुद्धा दर्ता भए पनि अझै २ सय ४८ जना भने फरार रहेको बताइएको छ । पछिल्लो समय वैंक तथा वितीय संस्थाबाट सहज कारोवार नभए पछि लेनदेन सम्बन्धी मुद्धा बढ्दै गएको प्रहरीको ठम्याइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *