लागु औषध कारोवार बर्षेनी बढ्दैः एक बर्षमा ४६२ जना पक्राऊ

५ भदौ २०८१/डिकेश लामा

झापा जिल्लामा लागु औषध कारोवार गर्ने दैनिक एक देखि २ जना पक्राऊ पर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएको तथ्याङ्कको आधारमा आर्थिक बर्ष २०८०÷८१ मा ४ सय ६२ जना पक्राउ गरी मुद्धा दर्ता भई कानुनी कार्वाहीमा रहेका छन् ।

प्रकाऊ परेकाको हकमा व्राउन सुगर ५ ग्राम माथि भेटिएकालाई २५ हजार देखि १ लाख रुपयाँसम्म जरिवाना सहित ५ बर्ष जेल हुने गरेको झापा जिल्ला अदालतका प्रमुख न्यायधिस अशोककुमार बस्नेतले बताउनु भयो । बस्नेतका अनुसार राज्यले अन्तराष्ट्रिय स्तरमा नीति बनाएर कढाइ नगरेसम्म लागु औषध प्रयोग कर्ताको संख्या अझै बढ्दै जाने बताउनु भयो । जिल्ला अदालतमा आउने मुद्धा मध्ये आधा भन्दा धेरै लागु औषधसम्बन्धी रहेको उहाँले बताउनु भयो । हरेक स्थानीय तहले ठाउँठाऊँमा माइकिङ र सचेतना जागृति गर्नु पर्ने उहाँले बताउनु भयो ।


आर्थिक बर्ष २०७९/०८० मा ढेड केजी ब्राउन सुगर तथा २९ केजी गाँजा बरामद गर्दा ३ सय ३६ पक्राउ परेका छन् । तर यो संख्या र परिणाम गत बर्ष अझ बढेर गएको छ । गएको बर्ष २ केजी ब्राउन सुगर र साढे २८ केजी गाँजा बरामदको अवधिमा ४ सय ६२ जना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार प्रयोगकर्ताको संख्या बढ्दै गएको र पछिल्लो समय प्रहरीको सक्रीयता बढे पछि लागु औषध कारोवारमा पक्राउ पर्नेको संख्या बढेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हात्ती लक्षित विरुवा रोपाईंमा जोडः हात्तीको क्षति माग गर्दै ५ सय निवदेन दर्ता
Next post झापामा वैंकिङ कसुर मुद्धा दोब्बरले बृद्धि