भुटानी युवाको सहयोगले सयौं विधार्थी लाभान्वितः सहयोगको कदर गर्दै यूवाहरुलाई उच्च सम्मान

१६ भदौ २०८१/डिकेश लामा
दातृ निकायले राहत कटौती गरे पछि समस्यामा परेका भूटानी शरणार्थी विधार्थीलाई तेस्रो मुलुक पुनर्वास भएका भूटानी यूवाहरुले पोशाक वितरण गरेका छन् ।
झापाको बेलडाँगी शरणार्थी शिविरको पूर्व बाल विकास केन्द्र, दमक वडा नं. ३ को चुलाचुली र ढुकुरपानीमा अध्ययन गर्ने विधार्थीलाई तेस्रो मुलुक पुगेका भूटानीहरुको संस्था सेजल ंएण्ड सिस्टर एलएलसीको सहयोगमा २ सय ५० जना स्थानीय समूदायका विपन्न विधार्थी सहित ८ सय ५० जना विधार्थीलाई पोशाक वितरण गरिएको छ ।
शिविर नजिकका रहेका समूदायका विपन्न परिवारलाई समेत संस्थाले ३ बर्ष देखि निरन्तरण पोशाक वितरण आएकाले यसलाई निरन्तरता दिन दमक नगरपालिका वडा नं. ३ का अध्यक्ष नविन बरालले दाताहरुलाई आग्रह गर्नु भयो ।
अमेरिकाबाट आउनु भएका संस्थाका कार्यकारी प्रमुख कार्यक्रमका प्रमुख अतिथि मेग सुवेदीले आगामी नयाँ शैक्षिक सत्र देखि शैक्षिक सामाग्रीहरु समेत वितरण गर्ने बताउनु भयो । उहाँले विधार्थी माझ आफूले यसै ठाउँमा दुःखका साथ क्यारिटस नेपालको सहयोगमा शिक्षा लिएको र आज त्यसको वदलामा सहयोग यसै ठाउँमा सहयोग गरेको बताउनु भयो ।

असक्तलाई सामुहिक बसोवासको व्यवस्था गर्ने योजनाको शिल्यान्यास


यस्तै आज खेल विकासका लागि यूवाहरुलाई जर्सी समेत वितरण गरिएको छ । भुटनिज यूथ क्लवका अध्यक्ष विरेन मगर सहितको टोलीले जर्सी लिएका छन् । वेलडाँगी शरणार्थी शिविर र पथरीमा शरणार्थी जिवन भोगेर अमेरिका गई सफल बनेका युवाहरुको टोलीले ३ दिन देखि शिविरमा रहेका समस्या समाधानबारे छलफल गर्दै आएको छ ।

यूवाको कामलाई सम्मान


यस्तै विगत ३ बर्ष यता शरणार्थी शिविरमा फरक क्षमता भएका भुटानी शरणार्थी समूह, विधार्थी, वृद्धबृद्धालाई सहयोग तथा विभिन्न कार्याक्रममा सहयोग गर्दै आएको भन्दै सिजल एण्ड सिस्टर एलएलसी र फाउण्डेशनका अध्यक्ष तथा अन्य जिम्मेवार पदाधिकारीलाई सहयोग लिनेहरुको तर्फबाट सम्मान समेत गरिएको छ ।
ढुकुरपानी मावि, चुलाचुली मावि, पूर्व वाल विकास केन्द्र वेलडाँगी, भुटनिज यूवा क्लवले प्रमुख सुवेदी र अर्का जिम्मेवार पदाधिकारी योगेश नेपाल, नेपाल प्रतिनिधि कलाकार सुजित भण्डारी समेतलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चिया श्रमिकलाई नि:शुल्क आयुर्वेदिक उपचार
Next post रुख कटानले समुदायमा प्रजनन् गर्ने चरालाई समस्या (फाेटाे / भिडियाे कथा)