स्वास्थ्य र आत्मा रक्षाका लागि शरणाार्थी महिलालाई खेल उत्प्रेरणा तालिम(फाेटाे फिचर)

११ असोज २०८१/झापा

आत्मा रक्षा र मानसिक स्वास्थ्यका लागि खेलकुद भन्ने अवधारणा सहित भुटानी शरणार्थी बस्तीका महिलाहरुलाई कराते खेलसँगै उत्पेरणा तालिम दिन थालिएको छ ।

शरणार्थी शिविरमा एक्लो र सहराविहीन बस्दा मानसिक समस्या अधिक बढ्न थाले पछि स्वास्थ्य सुधारका लागि तालिम दिन थालिएको हो । कार्यक्रममा वेलडाँगी बस्ती व्यवस्थापन समितिका सचिव सन्चहाङ सुब्बाले मानसिक समस्या समेत खेलमा सहभागी हुने भएकाले सवैले हाैसल्ला पुर्वक सहभागी हुन अनुराेध गर्नु भयाे । उहाँले सहयाेगी संस्था सेजल एण्ड सिस्टर फाउण्डेश र पञ्चमान तामाङलाइ समेत धन्यवाद दिनु भयाे । भइरहेकाे तालिम उहाँहरूकाे सहयाेगकाे कारण हुन सकेकाेमा सवै महिला दिदीबहिनीहरूले उत्साहका साथ सिक्न अाउनु पर्ने उहाँले बताउनु भयाे ।

कार्यक्रममा एशाेसिएसनका सचिव नरेश राइले स्वागत मन्तव्य राखी खेलमा सहभागीकाे परिणामले तालिमकाे प्रभावकारिताबारे थप प्रष्ट पार्ने बताउनु भयाे । यसका लागि सवैले महेनेतका साथ सिक्नु पर्ने उहाँले बताउनु भयाे ।

तेस्रो मुलुक पुगेका भुटानीहरुको संस्था सेजल एण्ड सिस्टर फाउण्डेशनको सहयोगमा महिला हिंसा न्यूनिकरणसँगै स्वास्थ्य सुधारका लागि तालिमको आयोजना गरिएको आयोजक भुटान सितोरियो कराते एशोसियशनका अध्यक्ष नरबहादुर गुरुङ्गले जानकारी दिनु भयो ।

कार्याक्रममा झापा जिल्ला खेलकुद विकास समितिका प्रमुख विष्णुकुमार नेम्बाङ्गले शारीरिक र मानसिक स्वास्थ्यसँगै आत्मा रक्षाका लागि अव हरेक महिलाले खेल कला सिक्नु पर्ने बताउनु भयो ।

तालिमको पहिलो दिन युवा अवस्था देखि बयस्क समेत गरी ८० जनाको सहभागीता रहेको छ । ३ दिनसम्म चल्ने तालिम राष्ट्रिय खेलकुद परिषदका कोच तथा रेफ्रीद्वय मिना पाठक र हरिमाया राईले सहजिकरण गर्दै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post वर्षाले पूर्वी नेपालकाे दर्जनाैं स्थानमा खतराकाे तह पारः झापामा दर्जनाैं घर डुबानमा(फाेटाे फिचर)
Next post बाढी पहिरोमा परी कोशीमा ६ जनाको मृत्युः आठ जना बेपत्ता