चलचित्र मार्फत तामाङ सँस्कृति संरक्षणमा जोड (फाेटाे फिचर)

दमकमा चारदामले पायो दर्शकको माया


१७ असोज २०८१/सारासन्देश समाचार
नेपालको पाँचौ ठूलो जनसंख्या रहेको तामाङ जातिको सँस्कृतिको विकाससँगै एकता ल्याउन चलचित्र प्रदर्शनी गर्न थालिएको छ । नेपालका विभिन्न जिल्ला प्रदर्शन गर्दै आएको चारदाम नामक फिल्म आज देखि झापामा च्यारिटो सो मार्फत प्रदर्शन थालिएको चलचित्र निर्देशक लाखमान योञ्जनले बताउनु भयो ।


निर्देशक योञ्जनका अनुसार नेपालको कास्की, भोजपुर, सुनसरी, मोरङ्गमा यस अघि विशेष च्यारीटी सो गरिएको छ । पूर्व र पश्चिम क्षेत्रका तामाङ जातिमा बुझेर या नबुझेर सँस्कृतिमा केही भिन्नता आएकाले पनि वास्तविकता के हो भन्नेबारे जानकारी दिन देश व्यापीरुपमा लक्षित समूदाय माझ चलचित्र प्रदर्शनमा जोड दिएको उहाँले बताउनु भयो ।
दमकको डी म्याक्स सिनेमा हलमा प्रदर्शन अघि औपचारिक कार्याक्रम गरी चलचित्र र पत्रकारिता क्षेत्रमा लामो समय काम गर्ने कलाकारलाई चलचित्र निर्माण कम्पनि कोशी फिल्मस्ले सम्मान गरेको छ । सम्मानित हुनेमा पत्रकार तथा निर्देशक डिकेश लामा, कलाकार तथा संचारकर्मी अनुप योञ्जन, अघिल्लो पुस्तका कलकाकार श्याम गिरी, शान्ति पाख्रिन, नेपाल तामाङ घेदुङ दमक नगर कमिटिका अध्यक्ष दुर्गा ब्लोन तामाङ, लक्ष्मी घिसिङ, हरिराज खिम्दिम, सुमन मोक्तान लगायतलाई सम्मान पत्रले सम्मान गरिएको छ ।


तामाङ समूदायमा विधवा महिलाको कन्यादान अर्थात चारदाम कसरी गरिन्छ भन्ने विषयमा फिल्म बनाइएको छ । तामाङ समूदायमा महिला अधिकार दोस्रो पटक विवाह गर्दा महिला प्रधान नै हुन्छ भन्ने विषय बस्तुलाई समेटिएको फिल्मले यस अघि क्यानाडा नेपाल माउण्टेन फिल्म फेस्टिवलमा उत्कृष्ट साँस्कृतिक फिल्म अर्वाड समेत प्राप्त गरेको छ । फिल्म झापाको भद्रपुर स्थित कृष्ण राज कम्पेक्सको सिनेमा हलमा आउने १९ गते प्रदर्शन हुने बताइएको छ ।


५० लाख रुपयाँ लगानीमा निर्माण गरिएको चलचित्रको अधिकांश भाग पहाडी जिल्ला भोजपुरमा छायांकन गरिएको छ । दमकमा बर्षाबीच पनि अपार सफलताका साथ चलचित्र हेर्न आएको भन्दै कलाकार तथा नेपाल तामाङ घेदुङ इटहरी उपमहानगर पालिका समितिका अध्यक्ष मोहन लोप्चन तामाङले बताउनु भयो ।
यस्तै चलचित्र सकेर पत्रकारसँग कुराकानी गर्दै कलाकारले समेत चलचित्रले तामाङ समूदायको मात्र नभएर सवै जातजातिको सँस्कृतिको संरक्षण गर्नु पर्छ भन्ने सन्देश दिन सफल भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post २ दिन बर्षा हुने तर आतिनु पर्दैनः महाशाखा
Next post धान खेत बगर बन्दा सयाैं किसान मारमाः उनीहरूकाे गुनासाे अव के खाने? (फाेटाे फिचर)