धान खेत बगर बन्दा सयाैं किसान मारमाः उनीहरूकाे गुनासाे अव के खाने? (फाेटाे फिचर)

१७ असोज २०८१/डिकेश लामा

पछिल्लो समय परेको अविरल बर्षा र बाढीका कारण झापाका सयौं विगाह धान खेत बगरमा परिणत भएको छ । पाक्न लागेका धान र खेत समेत बगर बने पछि किसानहरु समस्या परेका छन् ।

यतिखेर केही दिन अघि हरियो देखिएको धान खेत बगर देखिएको छ । हरियो धान खेतमा यतिखेर कन्काई नदिको बाढी कुदिरहेको छ । बाढीले गौरीगंज १ मा मात्र सयौं विगाह धान खेत नष्ट भएको स्थानीय बासिन्दा इश्वर माझीले बताउनु भयो । माझीका अनुसार पटक पटक नेतासँग आफ्ना गुनासा र जोखिमबारे अवगत गराउँदा समेत वेलैमा दरिलो बाँध निर्माण नगरेकाले आज उठिबास हुनु पर्ने दिन आएको बताउनु भयो । उहाँले अझै पनि दरो बाँध निर्माण गरे सो क्षेत्रका धेरै किसानले भात खाने भाँडोको बचाउ गर्न सक्ने बताउनु भयो ।

नदिमा आएको बाढीले दक्षिणी झापाका दर्जन बढी स्थानमा बाँध फुटाएर खेती योग्य जमिन बगर बनाएको छ । बाढी धान खेत हुँदै बस्ती तर्फ पसेकाले धान भन्दा मानवीय क्षतिमा चासो दिनु पर्ने सो क्षेत्रका रेडक्रसकर्मी सिपी भट्टराईले बताउनु भयो । भट्टराईका अनुसार धानसँगै बग्न सक्ने घर परिवारको समेत संरक्षणमा सरकारले चासो दिनु पर्ने बताउनु भयो ।

सयौं किसानको गरीखाने खेती बगर बने पछि उनीहरु ठूलो समस्यामा परेका छन् । सरकारले तत्काल हेरेर क्षतिपुर्ती दिने व्यवस्थासँगै दरिलो तटबन्धन गर्नु पर्ने बाढी पीडित किसान देवेन राजवंशीले बताउनु भयो ।

झापामा बाढी पसेर बाँध कटान भएको क्षेत्रमा मात्र झण्डै ४ सय हेक्टर क्षेत्रफल धान खेत बगर बनेको छ । पछिल्लो बाढीले बाँध फुटाएको क्षेत्रमा बाँध निर्माण गर्न मात्रै झण्डै ३५ करोड बजेट खर्च हुने जिल्लामा नदि नियन्त्रणमा काम गर्दै आएको जनताको तटबन्ध कार्याक्रमको कार्यालयले जनाएको छ । तत्काल रोकथामका लागि समेत झण्डै ३ करोड खर्च लाग्ने कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चलचित्र मार्फत तामाङ सँस्कृति संरक्षणमा जोड (फाेटाे फिचर)
Next post माैवा खोलाले बगाएर दुई बालबालिका बेपत्ता