जोखिममा परेका शरणार्थीलाई सामुहिक खानासँगै न्यायो कपडा वितरण (फाेटाे/भिडियाे)

१३ कार्तिक २०८१/डिकेश लामा
पिट्सवर्ग युवाहरुले तिहारको मुखमा जोखिममा परेका शरणार्थीमा खुशी ल्याउने प्रयास गरेका छन् । एक्लिएका र जोखिममा रहेका बृद्धबृद्धा तथा बालबालिकाबीच सामुहिकरुपमा मिठो खाना खुवाउने कार्याक्रमसँगै न्यायो लुगा वितरण गरिएको छ ।
पथरी शनिश्चरे शिविर र वेलडाँगीका गरी जेष्ठ बृद्धबृद्धा र बालबालिका सहित २ जनालाई न्यायो लुगा वितरण गरिएको छ । यस्तै कार्याक्रममा सहभागी २ सय ५० जना बढीलाई खाना खुवाउने कार्य गरिएको छ ।


भूटानी शरणार्थी अपाङ्ग संघको आयोजना तथा पिटसवर्ग युथ ग्रुपको सहयोगमा भएको कार्याक्रममा न्यानो कपडा वितरण गरिएको हो । ३३ बर्ष देखि स्वदेश फिर्तीको आशामा बसेका भुटानीहरु अहिले न तेस्रो मुलुक जानु न भूटान फर्कनु भन्ने अवस्थामा पुगेका छन् । दातृ निकायले राहत कटौती गरे पछि उनीहरुलाई थप पिडा भएको छ ।
कार्याक्रममा बेलडाँगी शरणार्थी बस्ती व्यवस्थपन समितिका सचिव सन्चहाङ सुब्बाले नजिक रहेको तिहार र छटलाई लक्षित गरी वितरण गरिएको कपडाले जाडो याममा जेष्ठ नागरिक र बालबालिकालाई ठूलो राहत मिल्ने भन्दै दातालाई धन्यवाद प्रदान गर्नु भयो ।

पिटसर्वग समूहका योगेश शिवाकोटी र सुदेश तिवारीको समन्वयमा ३० जनाबाट उठेको सहयोगले राहत सामान वितरणसँगै एक छाक खाना समेत खुवाउने कार्याक्रम गरिएको हो । तेस्रो मुलुक गएका सहयोगी हातहरुको सहयोग नै जोखिममा रहेका भूटानी शरणार्थीलाई बचाउँदै आएको आयोजक संस्थाकी अध्यक्ष तनुजा तामाङले बताउनु भयो ।

कार्याक्रममा पथरी शनिश्चरे बस्ती व्यवस्थापन समितिका सचिव करण राई, पत्रकार डिकेश लामा लगायत, भूटानी शरणार्थी महिला मंचका पदाधिकारी लगायतले शुभकामना मन्तव्य दिनु भएको छ ।
दातृ निकायले हात निकाले पछि धेरै बालबालिका तथा जेष्ठ नागरिकहरु समस्या रहेका छन् । भनेको समयमा गाँस, बास र कपासको व्यवस्था हुन नसकिरहेको वेला यस्ता सहयोगी हातहरुले पुर्याएको सेवाले ठूलो धर्मको काम हुने पीडित शरणार्थीहरुको भनाइ छ ।

भिडियाे कथा हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खाद्य अधिकारबारे निबन्धमा मेचीनगर प्रथम
Next post चुलाचुली गाउँपालिकाले अस्पताल संचालनका समावेशी महायज्ञ गर्दै