चुलाचुली गाउँपालिकाले अस्पताल संचालनका समावेशी महायज्ञ गर्दै
१४ कार्तिक २०८१/चुलाचुली
इलामको चुलाचुली गाउँपालिकाले आधारभूत अस्पताल संचालनका लागि समावेशी महायज्ञ संचालन गर्ने भएको छ । आज गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आगामी २६ गते देखि मंसीर ३ गतेसम्म सवै धर्मको धर्मगुरुबाट प्रवचन सहित महायज्ञ गर्ने पालिकाका अध्यक्ष राजेन्द्र केरुङले बताउनु भयो ।
अध्यक्ष केरुङका अनुसार झण्डै ३५ लाख खर्चमा गरिने महायज्ञ पुराणबाट १ करोड बढी रकम संकलन गरी अस्पताल संचालनका लागि अक्षयकोष स्थानपना गरिने बताउनु भयो । पुराणमा हिन्दु, वौद्ध, किरात, इशाइ लगायतका सवै धर्म समूदायलाई समावेश गरी पुराण संचालन गरिने बताउनु भयो ।
चुलाचुली अस्पताल संचालन सहयोगार्थ समावेशी श्रीमद गागवत सप्ताह महापुराण तथा ज्ञान यज्ञ २०८१ नामाकरण गरिएको यज्ञले अस्पताल संचालक अक्षयकोष व्यवस्था गर्न, सवै नागरिकमा स्वास्थ्यको पहुँच पुर्याउन, एकै मंचबाट सामाजिक सदभाव र धार्मिक सहिष्णुताको सन्देश प्रवाह गर्ने लगायतका उदेश्य राखी पुराण संचालन गर्न लागिएको पुराण संचालन मुल समितिका सचिव विवश बलिभद्र कोइरालाले बताउनु भयो ।
पालिकाका सवै वडाका जनप्रतिनिधि सहितको उपस्थितिमा भएको सम्मेलनमा सवै लागेर पुराण सफल बनाउन सहयोगको अपील समेत गरिएको छ ।