
सिरहा मालपोत विष्फाेट घटनाकाे आरोपमा दुई पक्राउ

१७ चैत्र २०७७, सिरहा– गएकाे चैत्र १ गते सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा आज सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका–५ निवासी २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू गिरी रहेका छन् । गत चैत १ गते मालपोत कार्यालयको पहिलो तल्लामा भएको बम विष्फोटमा एक कर्मचारीसहित आठ घाइते भएका थिए ।
प्रेसर कुकर बम विष्फोट हुँदा कार्यालयमा क्षति पुगेको थियो । बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले लिएको थियो । यसअघि सोही बम विस्फोटमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले लहान नगरपालिका–१८ भदैया निवासी २८ वर्षीय बलराम मण्डललाई पनि पक्राउ गरेको थियो । घटनाबारे अझै छानविन भइरहेकाे प्रहरी स्राेतले जानकारी दिएकाे छ ।
More Stories
बर्षेनी हराउँदै सिमा स्तम्भः पूर्नस्थपनामा छैन सरकारकाे चासो (फाेटाे फिचर)
५ असोज २०८०/डिकेश लामा बर्षेनी आएको बाढी र बर्षाको कारण झापामा १ सय भन्दा धेरै सिमास्तम्भहरु हराएका छन् । धेरै...
इलामकाे सानाे पाथीभरा मन्दिरको ८८ लाख रूपयाँ हिनामिना भएकाे अध्ययन प्रतिवेदन सार्वजनिक (भिडियाे सहित)
४ असाेज २०८०, डिकेश लामा– इलामको रोङ–३ मा रहेको पाथीभरा मन्दिरको भेटीबापतको ८८ लाख रुपैयाँ बढी रकम हिनामिना भएको अध्ययन...
विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघरमा शिक्षकहरूकाे प्रदर्शन
३ अजाेज २०८०,काठमाडौं– सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघरमा शिक्षकहरूले प्रदर्शन गरेका छन् । देशभरबाट...
संविधान दिवशमा झापाकाे कमलमा साँस्कृतिक स्तम्भ चिण्डो स्थापना (फोटो फिचर)
३ असोज २०८०/झापा झापाको कमल गाउँपालिकामा किरात राई समूदायले संविधान दिवशको अवसरमा साँस्कृतिक स्तम्भ वाबुक अर्थात चिण्डो स्थापना गरेका छन्...
शिक्षक महासंघ भोलिदेखि आन्दोलन: घोषणा वार्तामा बस्न सरकारको आव्हान
२ असोज २०८०, काठमाडौं– नेपाल शिक्षक महासङ्घले विभिन्न माग राखी भोलिदेखि घोषित आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सरकारले वार्ताका लागि बोलाएको...
भारतीय सिमावर्ती क्षेत्र गौरीगंजमा स्वास्थ्य सेवा सहज बन्दै (फाेटाे फिचर)
१ असोज २०८०/डिकेश लामा दक्षिणी सिमावर्ती क्षेत्रका बासिन्दाले अव स्वास्थ्य परिक्षण गर्न स्थानीय क्षेत्रमै सुविधा पाउन थालेका छन् । यस...