
माइ मेलाको मोह बढ्दैः एकै दिन ५० हजार बढी भक्तजन (फाेटाे/भिडियाे फिचर)
१ माघ २०८१/डिकेश लामा
पूर्वी नेपालमा झण्डै ५ दशक देखि माघे संक्रातीमा लाग्ने माइ मेलाको मोह बर्षेनी बढ्दै गएको छ । यो बर्ष मेलाको पहिलो दिन नै ५० हजार बढी मानिसहरु मेला भर्न आएका छन् । ३ दिनसम्म लाग्ने मेलामा झण्डै १ लाख बढी भक्तजनको उपस्थिति हुने कन्काई माइ मकर मेला व्यवस्थापन समितिका संयोजक तथा शिवसताक्षी नगरपालिका वडा नं. १० का वडाअध्यक्ष हर्कबहादुर सिबुले जानकारी दिनु भयो ।
मेलामा खासगरी मकर नुहाउने र भाकल बुझाउनेहरुको बढी भीड हुने गर्दछ । झापाको सवै भन्दा ठूला खोलाको रुपमा चिनिएको कन्काई नदिको दवै किनारामा लाग्ने मेलामा पूर्वी नेपालका विभिन्न स्थानबाट मानिसहरु आउने गर्दछन् । पूर्वी नेपालकै ठूलो मेलाको रुपमा परिचित मेला व्यवस्थित तवरले लगाइएकाले भक्तजनको संख्या बढ्दै गएको धरानबाट मेला भर्न पुग्नु भएका राजेन्द्र लाबुङले बताउनु भयो ।
किराती तथा आदिवासीहरुको.नयाँ बर्ष येले तङवे अर्थात नयाँ सालमा लाग्ने मेलामा वारीपारी गर्न खोलामा अस्थायी पुल लगाइएकाले पूर्व पश्चिम राजमार्ग भएर आवात जावात गर्ने यातायतलाई केही सहज भएको छ । तथापि मानिसको भीडको चापले केही समस्या भने भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
आज देखि येले तङवे ५ हजार ८५ साल लागेको छ । शिवसताक्षीका सामाजिक अगुवा दुर्गा नेम्बाङका अनुसार यो बर्ष अघिल्लो बर्ष भन्दा व्यवस्थित र राम्रो तरिकाले मेला संचालन भएको छ । मेला भर्नेको संख्या कोरोना कहर पछि बर्षेनी बढ्दै गएको उहाँले बताउनु भयो ।
भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।