भारतीय आयातका कारण किसान मारमाः फुलकाेपीकाे मुल्य याे बर्ष १० रूपयाँ केजीसम्म झर्याे

६ माघ २०८१/डिकेश लामा
भारतीय सागसब्जीका कारण झापामा यस बर्ष फुलकोपीको मुल्य दोब्बरले गिरावट आएको छ । कोशी प्रदेशमै सवैभन्दा धेरै फुलकोपी खेती र उत्पादन हुने जिल्लामा यो बर्ष मुल्य घटे पछि किसानहरु मारमा परेका छन् । गत बर्ष ३० देखि ५० रुपयाँसम्म विक्री भएको फुल कोपीले यो बर्ष उचित मुल्य पाउन सकेको छैन । बजारमा व्यापारीले नै १० देखि २० रुपयाँ केजी विक्री गर्नु पर्ने अवस्थाले किसानहरु मारमा परेका छन् ।
सुनिश्चित बजार नहुँदा व्यवसायिकरुपमा तरकारी खेती गर्दा समेत किसानले बर्षेनी समस्या भोग्दै आउनु परेको छ । बजारमा लगानी समेत नउठ्ने गरी मुल्यमा गिरावट हुँदा खेती गर्ने वातारण नभएको कमल गाऊँपालिकाका अगुवा किसान रत्नप्रसाद भट्टराईले बताउनु भयो । भट्टराइका अनुसार चर्काे घाममा खटेर खेती गर्दा पनि १० रूपयाँ केजिमा काेपीकाे विक्री गर्नु परेकाले लगातार ३ बर्षकाे मार पछि खेती नै छाडेकाे बताउनु भयाे  ।

भारतबाट आयात हुने कतिपय सागसब्जीका कारण नेपाली बजारमा मुल्यमा गिरावट आउने गर्दछ । खेती गर्दा आम्दानी लिन सकिने भए पनि भारतीय आयातका कारण समस्या हुने भएकाले गौरादह नगरपालिकाले पहिलो प्राथमिकता स्थानीयलाई दिने गरी कार्यविधि बनाएको कृषि शाखा प्रमुख शिव न्यौपानेले बताउनु भयो ।
कोशी प्रदेशमा सवै भन्दा धेरै झापामा खेती हुने फुलकोपी अघिल्लो बर्ष झण्डै ३ हजार हेक्टरमा ५० हजार मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाको तथ्याङ छ । सरकारले स्थानीय क्षेत्रमा उत्पादन भएको सागसब्जीको उचित बजार कायम गर्न नसके व्यवसायिक किसानहरु विस्थापित हुनु पर्ने अवस्था आएको उनीहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्वदेशी हाइव्रेड मकै उत्पादनमा समस्याः भारतीय विउ प्रति किसानकाे रूची
Next post घर जग्गाका कारण झापामा धान उत्पादन गिरावटः १० हजार हेक्टर क्षेत्रफल धान खेती घट्याे