
न्यानो कपडा वितरणले विधार्थीमा खुशीः गाैरादहमा १२५० जनामा वितरण
२४ माघ २०८१, सारासन्देश समाचार
झापाको गौरादह नगर पालिकाले सामुदायिक विधालयका विपन्न विधार्थी लक्षित गरी न्यानो कपडा वितरण गर्ने कार्य सम्पन्न गरेको छ । जाडो शुरुवात भए देखि पद्मोद्यय फाउण्डेशन सिराहाको सहयोगमा पालिकाको समन्वयमा १ हजार २ सय ५० जना विधार्थीलाई कपडा वितरण गरेको हो ।
गौरादह नगरपालिका वडा नं. ४ को डोरामारी माद्यमिक विधालयमा आज कपडा वितरण गर्दै सामुदायिक विद्यालयको क्षमता अभिबृद्धिका लागि कपडा वितरण कार्यक्रम गरिएको नगर प्रमुख छत्रपति सुवेदीले बताउनु भयो । कार्यक्रममा उपप्रमुख जलबर्षा राजवंशी, प्रधानाध्यापक हेमकुमार बराल, गौरादह नगरपालिका वडा ९ का अध्यक्ष उपेन्द्र निरौला लगायत बोल्नु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ को गौरादहमा उहाँको राजनैतिक स्वकीय उपसचिव तुलसी निरौलाको पहलमा फाउण्डेशन मार्फत विपन्न विधार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । सामुदायिक विधालयमा पढ्ने सिमान्तकृत र लोपोन्मुख जातजातिलाई लक्षित गरी वितरण गरिएको छ । कपडा वितरणले विधार्थीलाई हौसल्ला समेत मिलेको कार्याक्रमका बक्ताहरुले बताएका छन् । न्यायो कपडा पाए पछि विधार्थीहरु खुशी बनेका छन् ।