हंसे दुम्से बनकाे २८ औं बार्षिक साधारणसभामा हात्तीको समस्यालाई रुपान्तरण गर्न जोड

बनकाे बितीय काराेवार नियम संगत नभएकाे लेखा परिक्षण प्रतिवेदन

२६ माघ २०८१/झापा
पछिल्लो समय झापामा बढ्दै गएको हात्ती आतंकलाई पर्यटनसँग जोडेर अवसरमा रुपान्तरण गर्नु पर्ने बताइएको छ । झापाको ठूला सामुदायिकको श्रेणीमा पर्ने दमकको हंसे दुम्से सामुदायिक बनको आज भएको २८ औं बार्षिक साधारणसभाका बक्ताहरुले हात्तीको समस्यालाई पर्यटनसँग जोड्ने नीति बनाउनु पर्ने बताएका छन् ।
इलाका डिभिजन बन कार्यालय वेलडाँगीका प्रमुख तथा बन अधिकृत एकराज दाहालका अनुसार मानिसले हात्तीलाई आताकिंत बनाइएको कारण आक्रमण हुने भएकाले पर्यटनसँग जोड्न हात्ती मैत्री नीति र कार्याक्रमहरु बनाउनु पर्ने बताउनु भयो ।

यस्तै कार्याक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं, सामाजिक अगुवा प्रकाश बुढाथोकी लगायत जन प्रतिनिधिले हात्तीलाई आतकिंत नबाइ उसको बाटोमा हिड्ने वातावरण सृजना गर्नु पर्नेमा जोड दिएका छन् । यस्तै साधारणसभाकाे पहिलाे सत्रकाे कार्यक्रममा बनका अध्यक्ष चन्द्रप्रसाद गुरागाइले प्रतिवेदन समेत पेश गर्नु भएकाे छ । कार्यक्रममा बनका अगुवालाइ याेगदानकाे कदर गर्दै ढाका टाेपी लगाएर सम्मान समेत गरिएकाे छ ।

याे कार्याकालकाे समयावधि समाप्त भएसँगै अव निर्वाचनबाट पुन नयाँ समिति गठन हुनेछ । बनले विगत ६ बर्ष देखिकाे ११ लाख ६१ हजार रूपयाँ वेरूजु रकम असुल गर्नु पर्ने देखिएकाे लेखा परिक्षक छत्र राइकाे प्रतिवेदनमा उल्लेख गरिएकाे छ । यस्तै बनले वितीय काराेबार समेत नियम संगत नगरेकाे पाइएकाे बताइएकाे छ ।

बन एेन २९७६ काे परिच्छेद ५ काे दफा २२ बमाेजिम बन विकास, संरक्षण र व्यवस्थापन तथा गरिवी न्यूनिकरणमा गरिनु पर्ने रकम समेत समूहले गरेकाे खर्च सही तरिकाले नगरेकाे पाइएकाे बताइएकाे छ । हालसम्मकाे बनकाे जिम्मेवार पदाधिकारीमा उपाध्यक्ष पदम सुब्बा, सचिव लता चापागाइँ, सहसचिव साेमनाथ ढुङ्गाना र काेषाध्यक्ष पुरन अधिकारी रहेका छन् । बनकाे विधान अनुसार सभाकाे ६ महिनाभित्र निर्वाचन गरिसक्नु पर्ने रहेकाे छ ।

जिल्लामा सवैभन्दा धेरै शिवसताक्षी, बुद्धशान्ति, मेचिनगर, अर्जुनधारा, हल्दिाबारी भद्रपुर र दमक हात्तीबाट प्रभावित बनेका पालिका हुन् । विवरण राख्न थालिएको १३ बर्षमा झापामा ७२ जना मानिसको मृत्यु भएको छ भने झण्डै त्यतिनै समयमा २१ वटा हात्ती मारिएको डिभिजन बन कार्यालय झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post न्यानो कपडा वितरणले विधार्थीमा खुशीः गाैरादहमा १२५० जनामा वितरण
Next post झापामा मात्र बसाेवास रहेकाे लोपोन्मुख कवर जाति समस्यामाः सूचिकृत गर्न माग