भ्रष्टचारी विरुद्ध खबरदारी गर्न प्रचण्ड झापा आउने

३० माघ २०८१, झापा
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ झापा आउने कार्यक्रम तय भएको छ ।
देशमा बढ्दो भ्रष्टचार विरुद्ध खवरदारी तथा जागरणसभामा सम्बोधन गर्न फाल्गुन ३ गते दमक आउनु हुने आज दमकमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
कार्याक्रममा केन्द्रका केन्द्रिय सदस्य रञ्जित तामाङले कम्युनिष्ट आन्दोलनको उर्वरभूमि झापाबाट समाजवादी क्रान्ति ससक्त बनाउन जागरण अभियान थालिएको बताउनु भयो । हुलाकी सडक लक्षित अभियानमा अन्य पार्टीका जिम्मेवार नेतृत्वलाई पार्टीमा प्रवेश तथा स्वागत समेत गर्ने कार्यक्रम बनाइएको उहाँले बताउनु भयो ।
कार्यक्रमका प्रचार प्रसार संयोजक गगन पुरीका अनुसार फाल्गुन ३ र १२ गते झापाका विभिन्न स्थानमा हुने कार्यक्रममा अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्य तालिका बनाइएको छ ।

लामो समय देखि पूर्वी जिल्लाका कार्याक्रममा खासै उपस्थित हुन नसक्नु भएका प्रचण्डले यस अघि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र गौरीगंजमा खबरदारीसभामा बोल्नु भएको थियो । यो पटक फाल्गुनको पहिलो र दोस्रो साता नै झापाका विभिन्न कार्यक्रममा सहभागी हुने पत्रकार सम्मेलनका आयोजक नेकपा माओवादी केन्द्र दमक नगर समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा मात्र बसाेवास रहेकाे लोपोन्मुख कवर जाति समस्यामाः सूचिकृत गर्न माग
Next post ओलीकाे गृह नगर दमकमा प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेकाे भीडः गिरीबन्धु देखि औधागिक पार्कसम्मकाे गुनासाे(भिडियाे)