
जनताको आवश्यकतालाई जोड दिन आग्रहः माओवादी केन्द्रकाे दमक नगर समितिकाे पदस्थपना
९ फाल्गुण २०८१/झापा
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्ध मन्त्री बर्षमान पुनले विकास गर्दा जनताको आवश्यकतालाई ध्यानमा राखेर गर्नु पर्ने बताउनु भएको छ । दमकमा शुक्रबार साँझ नगर समितिको पदस्थपना कार्यक्रममा बोल्दै दमकमा बनेको भ्यूटावर अहिले आवश्यकतामा नपरेको बताउनु भयो ।
उहाँले सवै भन्दा पहिले गरिबी न्यूनिकरण, अस्पताल र शिक्षामा जोड दिनु पर्नेमा नेतृत्वले ध्यान दिन आग्रह समेत गर्नु भयो ।
यसैबीच दमकमा बनेको प्रयोगविहीन भ्यूटावरलाई प्रादेशिक अस्पताल बनाउन पहल गर्न स्थानीय नेतृत्वले माग गरेका छन् । दमक नगरपालिकामा पुनः रवि बस्नेतको अध्यक्षतामा सर्वसम्मत् रुपमा ५५ जना सदस्य रहेको नगर समिति चयन भइ सर्व दलीय भेलाबीच पदभार तथा सपथ ग्रहण कार्यक्रम गरिएको छ । कार्यक्रममा दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईं सहित विभिन्न दलका नेताले नयाँ समितिलाई शुभकामना समेत व्यक्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा नवराज सुवेदी, रुद्र कार्की, सुभाष गड्तौला, शान्ति धिमाल, सुष्मा अधिकारी रहनु भएको छ । यस्तै सचिव पदमा डम्बर बोहोरा, सहसचिव पदमा युवराज गजमेर , सुन्दर देवान, असिम राई, शान्तिराम भट्टराई चयन हुनु भएको छ । यसैगरी कोषाध्यक्ष पदमा पदम सापकोटा, कार्यालय सदस्यमा प्रकाश तिम्सिना सहित ५५ जनाको नगर समिति सर्वसम्मतरुपबाट चयन भएका छन् ।