0 0
Read Time:2 Minute, 27 Second

१२ वैशाख २०७८, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १ सय २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा ९ हजार २ हजार ९२ पीसीआर र ७ सय ८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ३२ पीसीआर पोजेटिभ र ९० जना एन्टिजेन पोजेटिभ भेटिएको जानकारी दिनुभयो ।

यस्तै पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । याे संख्या पुस महिना यता मृत्यु हुने सवैभन्दा धेरै संख्या हाे । यसैगरी ४ सय ५० जना भने संक्रमणमुक्त भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

उपत्यकाका तीन जिल्लामा अत्यावश्यक बाहेक सबै सेवा बन्द

केही समय यता संक्रमण बढ्न थाले पछि उपत्यकाका तीन जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट हुने अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ ।

आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले कोरोना संक्रमणको दर बढ्दै गएकाले अत्यावश्यकबाहेकका सेवा भोलि सोमबारदेखि एक साता बन्द गर्ने निर्णय गरेको छ ।

शान्ति–सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्यहरु र अन्य अत्यावश्यक सिफारिस मात्र सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।

नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालक परिचय पत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता तथा नवीकरण, संघ–संस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *