नेपालमा संक्रमित दिनहुँ बढ्दैः आज ३५५६ थपिए

१३ बैशाख २०७८,काठमाडौं- नेपालमा पछिल्लाे समय काेराेना संक्रमण दिनहुँ बढ्न थालेकाे छ । आज देशभरिमा ३ हजार ५ सय ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लाे २४ घण्टामा ३ सय ७८ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पिसिआर प्रविधिबाट १२ हजार ४ सय र एन्टिजिन विधिबाट ८ सय ९३ गरी जम्मा १३ हजार २ सय ९३ को परीक्षण गरिएकाे हाे। हाल होम आइसोलेशनमा २० हजार ५ सय ३५ र संस्थागत आइसोलेशनमा १ हजार ८ सय ९९ रहेका छन् । त्यस्तै, आइसियु २६८ र भेन्टिलेटरमा ७८ रहेका छन् ।

हालसम्म पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या २४ लाख १७ हजार ४१७ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म पिसिआर परीक्षण गरिएकामध्ये पोजेटिभ दर १२ दशमलव पाँच प्रतिशत छ । पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृत्यु सङ्ख्या १२ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा एकै दिन ३१२२ जनामा संक्रमित थपिएः २८ जनाकाे मृत्यु
Next post नेपाल आज ४३६४ संक्रमित थपिए, ५५५ निकाे