नेपालमा आज ७३८८ संक्रमितः३७ जनाकाे मृत्यु

२० वैशाख २०७८,काठमाडौँ – पछिल्लाे २४ घण्टामा ७ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६ सय ५८ पीसीआर परीक्षणबाट ७ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण देखिएको हो । याे संख्या अघिल्लाे दिनभन्दा बृद्धि हाे । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा २ हजार २१ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा अहिले सम्मकै धेरै एकै दिन ७२११ संक्रमित
Next post नेपालमा अहिलेसम्मकै उच्च ७६६० संक्रमितः ५५ जनाकाे मृत्यु