नेपालमा आज ९११६ संक्रमित,२९०५ जना निकाे

२४ वैशाख २०७८,काठमाडौं– नेपालमा दिनहुँ कोरोना संक्रमण बढ्दै गएकाे छ । आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज ९ हजार १ सय ९६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । हिजो ९ हजार ७० संक्रमित भएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको २० हजार ४ सय ८२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा २ हजार ९ सय ५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ९५ हजार ३ सय ९५ जना छन् । नेपालमा निको हुने दर ७८ दशमलव २ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय ९९ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा पुनः ९ हजार संक्रमित थपिए, २७ सय निकाे
Next post १२ दिन अघि पक्राउ परेका पत्रकारलाई थुना मुक्त गर्न सर्वाेच्चकाे आदेश