१२ दिन अघि पक्राउ परेका पत्रकारलाई थुना मुक्त गर्न सर्वाेच्चकाे आदेश

२४ वैशाख २०७८,काठमाडौँ – गत वैशाख १२ गते पक्राउ परेका उज्यालाे नेटवर्कका पत्रकारलाई सर्वोच्च अदालतले गैरकानुनी रुपमा पक्राउ गरिएको जनाएकाे छ । गैरकानुनीरूपमा पक्राउ गरिएकाे भन्दै उज्यालो नेटवर्क डटकमका पत्रकारद्वयलाई थुनामुक्त गर्न आदेश दिएको हाे ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो । दुर्गालाल लामा र अनिश भन्‍ने श्यामबहादुरलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय (रअ)का प्रमुख सामन्त गोयलबीच भएको भनिएको विवादास्पद सम्झौताको प्रति र त्यससँग सम्बन्धित समाचार उज्यालो नेटवर्क डटकमले प्रकाशित गरेको थियो । फर्जी भनिएको उक्त सम्झौतापत्र प्रकाशित भएलगत्तै उज्यालो नेटवर्कले माफी मागेको थियो । प्रहरीले किर्ते कागजात तयार पारिएको आरोपमा अनुसन्धानका क्रममा भन्दै उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले आफूलाई धरपकड गर्न खोजेको भन्दै उज्यालो नेटवर्कका सञ्चालकहरु उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले तत्कालका लागि उनीहरुलाई पक्राउ नगर्नु भनेर अन्तरिम आदेश दिएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । आगामी मंगलबार बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ९११६ संक्रमित,२९०५ जना निकाे
Next post नेपालमा संक्रमणसँगै काेराेना जित्नेकाे संख्या बढ्दै